शुक्रबार, जेठ ४, २०८१
08:09 | १२:५४

बेलायतमा मिसेस् नेपाल युनिभर्सको तयारी

नेपाली लिङ्क नोभेम्बर ५, २०२२

लन्डन । लन्डन फेसन हाउसले बेलायतमा ‘मिसेस् नेपाल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ । विवाहित महिलाहरुबीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण आउंदो ४ डिसेम्बर अल्डरसटस्थित एम्पायर हलमा हुने भएको हो ।

कोभिड महामारीका कारण स्थगित प्रतियोगिता यसपटक थप परिष्कृत रुपमा गर्ने तयारी भइरहेको लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।

मिसेस् नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् । यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा दर्जनौं सुन्दरीले भाग लिने इच्छा व्यक्त गरेका डंगोलले जनाइन् । प्रतियोगितामा जुनै देशमा रहेका नेपाली महिलाले पनि भाग लिन सक्ने आयोजकले जनाएका छन् ।

विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तिकरण प्रतियोगिताको प्रमुख उद्देश्य छ ।

व्यवसायिक, निष्पक्ष र आकर्षक ढंगमा प्रतियोगिता गर्न लन्डन फेसन हाउस जुटिरहेको छ । प्रतियोगितामा भाग लिन इच्छुक विवाहित महिलालाई सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन् । ‘प्रतियोगीहरुको भीडमात्र जम्मा नगरि चुस्त दुरुस्त र प्रभावकारी प्रतियोगिता गर्ने हाम्रो योजना छ’, मनिषाले बताइन् ।

मनिषाले आफूमा इच्छाशक्ति र प्रतिभा छ भने महिलाहरु सधैं ‘रोल मोडल’ का रुपमा अग्रपंक्तिमा आउन सक्ने धारणा पनि राखिन् ।

विभिन्न विद्यामा प्रतिष्पर्धा गराइने उक्त प्रतियोगिता निष्पक्ष बनाउन निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु राखिने लन्डन फेसन हाउसले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू