शुक्रबार, जेठ ४, २०८१
11:34 | १६:१९

बेलायतमा नेपाली कामदार ठगिएको समाचारलाई पुरस्कार

नेपाली लिङ्क नोभेम्बर ३, २०२२


लण्डन। सिजनल भिजामा नेपालबाट फलफूल टिप्ने काम गर्न बेलायत आएका कामदारहरुले अवैध शुल्क तिर्नुपरेको सम्बन्धी खोजमूलक समाचारले पुरस्कार पाएको छ ।  

बेलायतको सर्वदलीय सांसद्हरुको एक संस्थाले सन् २०२२ को सर्वोत्कृष्ट खोजमूलक समाचारको सम्मान दिएको हो ।

बुधबार बेलायतको ‘हाउस अफ कमन्स’ मा आयोजित एक कार्यक्रममा उक्त समाचार लेख्ने बेलायतका खोज पत्रकारहरु एमिलियानो मेलिनो, पिट प्याटिशन र नेपाली पत्रकार रुद्र पंगेनीलाई सम्मान गरिएको छ । 

बेलायतको ‘दि ब्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिजम’ र ‘दि गार्डियन’ ले संयुक्त रुपमा नेपाली कामदारलाई एजेन्टहरुले अवैध शुल्क लिने गरेको सम्बन्धि खोजमूलक समाचार सार्वजनिक गरेका थिए ।

बेलायतको सर्वदलीय सांसद्हरुको समूह ‘ह्युमन ट्राफिकिङ फाउण्डेशन’ ले हरेक वर्ष गैरदासत्व दिवस (अक्टोबर १८) को अवसरमा ४ विधामा आधुनिक दासत्व (मोडर्न स्लेभरी) अर्थात् मानव तस्करी सम्बन्धी प्रकाशित समाचार, खोजमूलक समाचार, विचार र ब्रोडकाष्ट गरिएको भिडियोलाई सम्मान गर्ने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू