शुक्रबार, जेठ ४, २०८१
08:09 | १२:५४

‘भूतपूर्व गोर्खाकै लागि लड्ने सिपाही हुं म’

नेपाली लिङ्क नोभेम्बर २, २०२२

लन्डन । एकजना भूतपूर्व ब्रिटिश गोर्खा तथा इष्टली गोर्खा नेपलिज एसोसिएसनका अध्यक्ष कमलबहादुर पूर्जाले आफू भूतपूर्व गोर्खाकै लागि लड्ने सिपाही भएको प्रष्ट पारेका छन् ।

केही अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालतिर आफूलाई वार्ता विरोधीका रुपमा चित्रित गरिएको भन्दै उनले त्यसमा आपत्ति पनि जनाएका छन् ।

‘म एउटा सामान्य सिपाही हुं आफ्ना सहकर्मीहरुको समान हक अधिकारका लागि लड्ने । मेरो न बेलायती रक्षा मन्त्रालयसंग सम्पर्क छ न ब्रिटिश गोर्खाका उच्च अधिकृतहरुसंग’, पूर्जाले प्रष्ट्याएका छन्, ‘गोर्खा सत्याग्रहले मलाई वार्ता भांड्ने षडयन्त्रकारीको सूचीमा राखेकोमा सारहै चित्त दुखेको छ । वास्तवमा म भूतपूर्व गोर्खा र नेपालीसमुदायकै लागि काम गर्ने योद्दा हुं । मेरो पृष्ठभूमि हेरे पनि थाहा हुन्छ कि म आफ्नो समान हक अधिकारका लागि कति लडेको छु ।’

पूर्जाले आफ्नोबारे भ्रामक समाचार फैलाइएको भन्दै आक्रोश समेत पोखेका छन् । गोर्खा आन्दोलनलाई मोड्ने प्रयत्न भइरहेको भन्दै उनले त्यसमा चिन्ता पनि व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू