शुक्रबार, जेठ ४, २०८१
12:00 | १६:४५

लन्डन डब्लुटिएममा नेपालबाट दुई दर्जन कम्पनीको सहभागिता हुने

नेपाली लिङ्क नोभेम्बर २, २०२२

फाइल तस्बिर

लन्डन । पर्यटन सम्बन्धि विश्वकै कुम्भमेला वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालले यसवर्ष पनि उत्साहजनक सहभागिता जनाउने भएको छ ।

नोभेम्बर ७ देखि ९ सम्म लन्डनको एक्सेलमा हुने उक्त मार्टमा ट्राभल टुरिजम सम्बन्धि करिब २५ वटा नेपाली कम्पनीको सहभागिता रहने लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जनाइन्।

उक्त अन्तर्राष्ट्रिय मेलामा भाग लिन नेपाल पर्यटन बोर्डका प्रवन्धक गोविन्दराज ओली र वरिष्ठ अधिकृत खेमराज तिमिल्सना बिहीबार लन्डन आउंदैछन् ।

विश्वका एकसय बढी देशका करिब २५ सय प्रदर्शक सहभागी हुने अपेक्षा गरिएको उक्त ट्राभल मेलामा करिब ७५ वटा विभिन्न सेमिनार पनि हुनेछन् । कोभिड महामारीपछि थलिएको पर्यटन व्यवसाय पुनरुत्थानका लागि मार्ट उपयुक्त माध्यम हुने नेपालको आशा छ ।

लन्डनस्थित नेपाली दूतावासले आउंदो मंगलबार नेपालका पर्यटन व्यवसायी तथा सरकारी अधिकारीहरुको उपस्थितिमा पर्यटन प्रवर्धन सम्बन्धि कार्यक्रम ‘नेपाल सांझ’ पनि तय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू