शुक्रबार, जेठ ४, २०८१
12:46 | १७:३१

भ्रमपूर्ण हल्लाप्रति गम्भीर ध्यानाकर्षण

एडभर्टोरियल कन्टेन्ट

नेपाली लिङ्क अक्टोबर ३१, २०२२

सीता राई आङदेङ्बे

केही दिनयता सामाजिक सञ्जालमा मेरो नाम जोडेर मैले भूतपूर्व गोर्खा दम्पत्तिको बेनिफिट हिनामिना गरेको भन्नेजस्ता भ्रमपूर्ण हल्ला फैलाइएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

हो, भक्तबहादुर राई र उहांकी धर्मपत्नी रणकुमारी राई मेरो रेखदेखमा यूके फेल्थाममा केही वर्ष संगै बस्नुभएको थियो । दुर्भाग्यवश बुबा भक्त राई बित्नुभयो । तर, मैले उहांहरुको हेरचाह गरेवापत स्थानीय काउन्सिलबाट ठूलो रकम बेनिफिट लिएको भन्ने हल्ला सरासर गलत र निराधार छ । बेलायत सरकारले प्रदान गर्ने सेवा सुविधा तेश्रो व्यक्तिले यति सजिलै निकालेर हिनामिना गरयो भन्नु नै मुर्खता हो ।

आमा रणकुमारी राई र उहांको सन्तानसंग मेरो आत्मिय र पारिवारिक सम्बन्ध छ । तर, मेरो व्यक्तिगत प्रतिष्ठामा समेत आंच आउने गरि फैलाइएका यस्ता भ्रामक अफवाहलाई मैले गम्भीर रुपमा लिएको छु र आगामी दिनमा पनि यस्तो गलत सूचना फैलाए त्यस्ता व्यक्तिविरुद्ध साइबर क्राइममा प्रहरी समक्ष जान र कानूनी उपचारका लागि अदालती प्रक्रिया शुरु गर्न समेत वाध्य हुने जानकारी यसै स्टाटसमार्फत दिन चाहन्छु । यस्ता स्टाटस राख्न जो संलग्न छन्, उनीहरुलाई तुरुन्त हटाउन पनि म माग गर्दछु ।

सीता राई आङदेङ्बे, लन्डन फेल्थाम

(एडभर्टोरियल कन्टेन्ट) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू