शुक्रबार, जेठ ४, २०८१
10:11 | १४:५६

एनआरएनए यूकेको निशुल्क स्वास्थ्य शिविर

नेपाली लिङ्क अक्टोबर ३०, २०२२

लण्डन । एनआरएनए यूकेले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा निशुल्क स्वास्थ्य शिविर गरेको छ । एनआरएनए यूके स्वास्थ्य विभागको आयोजनामा शिविर भएको हो ।

विभागका संयोजक डा. विशाल गुरुङले संयोजन गरेको उक्त शिविरमा एनएचएस जिपी डक्टर जीत तामाङ, मानसिक स्वास्थ्य टिमकी सुष्मा गुरुङ लगायत नर्सहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

विशेष गरी भूतपूर्व गोर्खा वृद्धवृद्धाहरुको ब्लड प्रेसर, ब्लड सुगर, उचाईं, तौल र बीएमआइ जांच गरिएको थियो । अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा शिविरबाट बढी लाभान्वित भए ।

एनआरएनए यूकेले अबदेखि प्रत्येक महिनाको अन्तिम आइतबार दिउसो २ देखि ४ बजेसम्म अल्डरसट कार्यालयमा निशुल्क स्वास्थ्य शिविर गर्न लागेको अध्यक्ष प्रेम गाहामगरले जानकारी दिएका छन् ।

अध्यक्ष गाहामगरले संघले जनहितका लागि अन्य कयौं कार्यक्रम गर्ने तयारी गरिरहेको पनि बताए । उनले शिविरमा संलग्न स्वास्थ्यकर्मी र सहयोगी ग्रेटर रसमोर नेपलिज कम्युनिटीप्रति आभार समेत व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू