शुक्रबार, जेठ ४, २०८१
12:46 | १७:३१

गोर्खा वार्ता चलिरहंदा बेलायती रक्षा मन्त्रालय अगाडि प्रदर्शन तयारी

नेपाली लिङ्क अक्टोबर ३०, २०२२

लन्डन । भूतपूर्व गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिहरुबीच वार्ताका बेला शान्तिपूर्ण प्रदर्शन हुने भएको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र एनआरएनए यूकेले प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनमा ब्रिटिश भेट्रानहरु पनि सहभागी हुने अपेक्षा छ ।

आउंदो ३ तारिख नोभेम्बर बेलायती रक्षा मन्त्रालय (एमओडी) मा ऐतिहासिक वार्ता हुंदैछ ।

सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले दवाव स्वरुप प्रदर्शन गर्न लागिएको जनाउंदै वार्ताबाट सकारात्मक आशा राखिएको बताए । राईले वार्ता वेवास्ता गरिए त्यसै दिन आन्दोलनका कार्यक्रम तय गरिने पनि बताएका छन् ।

भूतपूर्व गोर्खाहरुको समान पेन्सन, क्षतिपूर्ति र सेवा सुविधाका लागि हुन लागेको यो वार्ता चलिरहंदा एनआरएनए यूकेले पनि बेलायती रक्षा मन्त्रालयअगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ ।

दुई सरकारलाई दवाव र गोर्खाहरुप्रति ऐक्यवद्धता प्रकट गर्न प्रदर्शन तय गरिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए ।

‘हामी आगामी बिहीबार १०.४५ बजे बिहान ट्राफलगर स्क्वायर अगाडि जम्मा भएर मार्च पास गर्दै बेलायती रक्षा मन्त्रालय (एमओडी) जाने छौं’, गाहामगरले भने, ‘कृपया प्रदर्शनमा मफ्ती सुट, रेजिमेन्टल टाई, मेडल, गोर्खा ह्याट जे छ लगाएर सहभागी भइदिनुहुन पनि हाम्रो आग्रह छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू