शुक्रबार, जेठ ४, २०८१
11:59 | १६:४४

नेश्नल लोटरी फन्डबारे पहिलोपटक नेपाली भाषामा जानकारी कार्यक्रम हुँदै

नेपाली लिङ्क अक्टोबर २९, २०२२

लन्डन। बेलायतस्थित ‘नेश्नल लोटरी कम्युनिटी फन्ड’ ले यही नोभेम्बर ५ तारिख शनिबार नेपालीहरुका लागि एक जानकारीमूलक कार्यक्रम गर्ने भएको छ।

अल्डरसटको प्रिन्सेस हलमा आयोजना हुने कार्यक्रम बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाहरुलाई कम्युनिटी फन्डका बारेमा जानकारी गराउन र आवेदन प्रक्रियामा सहयोग गर्नमा लक्षित रहनेछ।  

‘द नेश्नल लट्री कम्युनिटी फन्ड’ ले नेपालीलाई लक्षित गरी पहिलोपटक नेपाली भाषामै कार्यक्रम गर्न लागेको उक्त फन्डमा फन्डिङ अफिसरका रुपमा कार्यरत माया डंगोल केसीले बताइन्।

‘नेश्नल लट्री फन्डबाट हरेक वर्ष ठूलो परिमाणमा कम्युनिटीहरुलाई आर्थिक कोष उपलब्ध गराइंदै आएको छ । जसबाट धेरै कम्युनिटीहरु लाभान्वित भएका पनि छन्’, उनले भनिन्, ‘तर हाम्रो नेपाली समुदायमा पर्याप्त जानकारी नहुँदा उपलब्ध अवसर पनि छुटिरहेको छ। यही रिक्तता हटाउने उद्धेश्यले कार्यक्रम गर्ने योजना बनाएका हौं ।’ 

बेलायतभरका नेपाली संघसंस्था र समुदायका अगुवालाई कार्यक्रममा सहभागी हुन केसीले अपिल गरेकी छन्। नेश्नल लट्री कम्युनिटी फन्ड के हो ? के-कस्ता प्रोजेक्टहरुमा आर्थिक सहयोग मिल्न सक्छ ? कोषका लागि आवेदन कसरी गर्न सकिन्छ ? जस्ता विषयमा कार्यक्रममा परामर्श दिइने उनले जानकारी दिइन्। फन्डका लागि आवेदन नै गर्ने कार्यमा पनि आवश्यक सहयोग प्रदान गरिने उनले बताइन्। 

दिउँसो साढे १ देखि चारबजेसम्म सञ्चालन हुने कार्यक्रममा प्रत्यक्ष वा भर्चुअल माध्यमबाट पनि भाग लिन सकिनेछ।

भर्चुअल रुपमा सहभागी हुन यो लिंकमा क्लिक गरेर आफ्नो नाम रजिस्टर गर्न आग्रह गरिएको छ।

‘द नेश्नल लट्री कम्युनिटी फन्ड’ बेलायतकै सबैभन्दा ठूलो सामुदायिक फन्ड वितरक हो। यो फन्डबाट हरेक वर्ष बेलायतभर ३० मिलियन पाउन्ड बराबरको कोष विभिन्न कम्युनिटी प्रोजेक्टका लागि सहयोग हुँदै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू