शुक्रबार, जेठ ४, २०८१
13:05 | १७:५०

बेलायतका गुरुङले पोखरामा शुरु गरे ‘सिधा फोन’ एप्स, सबै सेवा एकै ठाउँ

नेपाली लिङ्क अक्टोबर २७, २०२२

लन्डन।  घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सिधाफोन (Sidhafone) एप्स पोखरामा शुरु भएको छ । 

प्लम्बिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा लिनका लागि एप्स ल्याइएको छ ।

घर, व्यवसाय, होटल रेस्टुरेन्ट, सरकारी कार्यालयमा आवश्यक सेवा सुविधा दिने उद्धेश्यले एप्स ल्याइएको सिधाफोनका सञ्चालक एस के गुरुङले बताए । 

सिधा फोनको एप्सबाट नै मासिक, अर्धवार्षिक र वाषिर्क प्याकेजहरु लिन सकिने सुविधा रहेको बताउँदै गुरुङले सबै सेवा सजिलोसंग एकै ठाउँमा फेला पार्न सकिने जानकारी दिए।  

विदेशमा बस्ने नेपालीहरुले बिना झन्झट विदेशबाट नै आफ्नो घरलाई चाहिने आवश्यक सेवाहरु लिन सक्नेछन्। एप्सको वेवसाइट www.sidhafone.com मार्फत पनि आवश्यक कामको बुकिङ गर्न सकिने उनले बताए।

पोखराका युवा व्यवसायी एस के गुरुङ, प्रमिला थापा, मनोज गुरुङको संयुक्त लगानीमा एप्स संचालनमा ल्याइएको हो। हालसम्म कम्पनीसंग ६५ जना कर्मचारी आबद्ध रहेका छन् । 

कम्पनीले छिट्टै नै कर्मचारी थप गरि टोलटोलमा सेवा थप्दै देशका अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजना लिएको छ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू