शुक्रबार, जेठ ४, २०८१
09:17 | १४:०२

बेलायतका प्रधानमन्त्रीको युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

रासस/एएनआई अक्टोबर २६, २०२२

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनक

लन्डन, ३ कात्तिक -बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् ।
वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलाइतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट पनि पारेका छन् ।
कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवम् अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
“रूसी आक्रमणविरुद्ध उभिने तपाईंको अटल साहसले विश्वभरका शान्तिप्रिय र स्वतन्त्रताप्रेमी व्यक्तिमा आशा जगाएको तथा निरंकुशहरू कहिल्यै विजयी नहुने स्पष्ट सन्देश प्रवाह गरेको छ,” युक्रेनी राष्ट्रपतिको प्रशंसामा बेलायती प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै किएभ पोष्टमा आज प्रकाशित समाचारमा भनिएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू