शुक्रबार, जेठ ४, २०८१
10:10 | १४:५५

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

नेपाली लिङ्क अक्टोबर २५, २०२२

लन्डन – बेलायत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज संयुक्त अधिराज्य (यूके) हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसद भ्रमण तथा अनुभव आदानप्रदान र भूपू गोर्खासम्बन्धी विषयमा विचार आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए ।

यसै सिलसिलामा अध्यक्ष तिमिल्सिना २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्माले आयोजना गरेको दिवाभोजमा सहभागी भए ।

अध्यक्ष तिमिल्सिना बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कंदै छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू