शुक्रबार, वैशाख ७, २०८१
06:19 | ११:०४

यूकेमा निर्मित प्रभु गुरुङ निर्देशित नयाँ म्यूजिक भिडियो रिलिज

नेपाली लिङ्क अक्टोबर २२, २०२२

लन्डन। बेलायतमा रहेर नेपाली म्यूजिक भिडियो निर्देशनमा सक्रिय निर्देशक प्रभु गुरुङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको ‘तिमी को हौ’ बोलको गीतको म्यूजिक भिडियो शनिबार युट्युबमार्फत् रिलिज गरिएको छ।

कृष्ण सिंहको स्वर रहेको गीतमा सुनिल राईको संगीत र  ध्रुव केसीको शब्द छ। गीत रेकर्डिङ आशिक गुरुङ तथा मिक्सिङ मुस्कान मुकारुङले गरेका छन्। 

डिजि प्रोडक्सन हाउस यूकेको स्टुडियोमा रेकर्ड भएको गीतको म्यूजिक भिडियो पनि बेलायतमै निर्माण तथा छायांकन भएको हो ।  

म्युजिक भिडियोमा मोडल सब्रिना श्रेष्ठ र रोशन बस्नेतले अभिनय गरेका छन् । मेकअप पुष्पा गुरुङ तथा कलर नविन निरौलाले संयोजन गरेका छन्। 

म्यूजिक भिडियो सम्पादन तथा छायांकन सुमन श्रेष्ठले गरेका छन्। निर्माण रत्न सिंहले गरेका हुन् भने निर्माण नियन्त्रक दुर्गा सिंह हुन्।

निर्देशक गुरुङले यसअघि बेलायतबाटै दर्जनौं नेपाली भिडियो निर्देशन गरिसकेका छन्।

हेरौं भिडियो : 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू