बिहीबार, कार्तिक ८, २०८१
17:53 | २२:३८

लण्डनका व्यवसायी फत्तलाई एक्जुकेटिभ होम केयर लिडर अवार्ड

नेपाली लिङ्क अक्टोबर २२, २०२२

लन्डन । होम इन्स्टेड, ग्रीनवीच एण्ड बेक्स्लीका सञ्चालक व्यवसायी फत्त थापाले ‘दि एक्जुकेटिभ होम केयर लिडर अवार्ड’ प्राप्त गरेका छन् ।

केयर इन्डष्ट्रीको अवार्ड प्रदान गर्ने केयर टक म्यागेजिनले थापालाई उक्त राष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

१२ फाइनलिष्टमध्येबाट थापा वीनर भएका हुन् ।

लन्डन मेरियट होटलमा गत बुधबार आयोजित समारोहमा थापाले अवार्ड ग्रहण गरे ।

थापालाई असाधारण सोसल केयर लिडरका रुपमा चित्रित गरिएको छ । ‘अवार्डबाट थप जिम्मेवारीवोध भएको छ’, थापाले भने, ‘साउथ इष्ट लन्डनमा होम केयर सर्भिसमा नयां आयाम ल्याउने मेरो प्रतिवद्धता छ । म यसै अवसरमा मेरा कर्मचारीलाई पनि धन्यवाद दिन चाहन्छु जसका कारण यो सफलता सम्भव भएको छ ।’

सन् २०१५ मा स्थापित थापाको ‘होम इन्स्टेड’ साउथ इष्ट लन्डनमा प्रतिष्ठित मानिन्छ । उक्त होमले यसअघि स्थानीय काउन्सिल र अन्य विभिन्न संस्थाबाट कयौं अवार्ड पाइसकेको छ । उसले ‘फाइभ स्टार इम्प्लोयर अवार्ड २०२०’ समेत पाएको थियो ।

बेलायती महारानीले गद्दी सम्हालेको ७० औं वर्ष (प्लेटिनम जुब्ली) का अवसरमा ७० जना चुनिंदा थापाले पनि प्लेनिटम च्याम्पियन अवार्ड पाएका थिए ।

इंग्ल्याण्डको हेल्थ रेगुलेटर केयर क्वालिटी कमिसन (सिक्यूसी) बाट ‘आउटस्ट्याण्डिङ’ रेटिङ पाउने उक्त होम केयर ग्रीनवीच एण्ड बेक्स्लीमा एउटामात्र हो । इंग्ल्याण्डमा ३ प्रतिशत केयर प्रोभाइडरले मात्र यो ‘रेटिङ’ पाउने थापा बताउंछन् ।

व्यवसायी थापाले यसैवर्ष २०२२ मा लुइसम एण्ड सदक क्षेत्रमा होम इन्स्टेडको नयां शाखा खोलेका छन् । जहां ५० जनालाई रोजगारी प्रदान गरिएको छ ।

गुल्मेली फत्तले करिब एक दशक अगाडि ‘स्किल्स् एण्ड केयर’ च्यारिटी खोलेर गोर्खा भेट्रान लगायत वयोवृद्ध मानिसहरुलाई सहयोग समेत गर्दै आएका छन् । उक्त स्वयंसेवावापत उनले प्रतिष्ठित ‘क्वीन्स् अवार्ड’ पनि पाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू