शुक्रबार, जेठ ४, २०८१
12:16 | १७:०१

ओएनएफ यूकेको शुभकामना साँझका लागि राष्ट्रियसभा अध्यक्ष बेलायतमा

नेपाली लिङ्क अक्टोबर १७, २०२२

लण्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दशैं तिहार शुभकामना साँझ उद्घाटनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र समावेशी आयोगका सदस्य पुष्प तिमल्सिना बेलायत आइपुगेका छन् । 

सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिना र पुष्प तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरे । 

तिमल्सिनालाई स्वागत गर्न ओएनएफ यूके नेताहरु बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, आंगकलजंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतका नेताहरु एयरपोर्ट गएका थिए । तिमल्सिनाद्वय आज सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् । 

गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो । 

शुभकामना साँझमा नेपालबाट आएका कलाकारहरुसँगै स्थानीय कालाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ । 

प्रवासमा रहेर पनि नेपाल झैं शुभकामना आदानप्रदान गर्न बेलायतवासी नेपालीलाई ओएनएफले चुले निम्तो दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू