शुक्रबार, जेठ ४, २०८१
12:00 | १६:४५

अल्डरसट भलिबल क्लबले चुन्यो विकासको नेतृत्वमा नयाँ टीम

नेपाली लिङ्क अक्टोबर १५, २०२२

लन्डन। बेलायतकै पुरानो नेपाली भलिबल क्लब ‘अल्डरसट भलिबल क्लब’ ले नयाँ नेतृत्व पाएको छ।

गतसाता तमुधिं भवन मिचेटमा भएको अधिवेशननार्फत् सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो।

क्लबको नवनिर्वाचित कार्यसमितिमा अध्यक्षको जिम्मेवारी विकास विकले पाएका छन्। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विमल गुरुङ, उपाध्यक्षमा शैलेस राई, सचिवमा विजय राना, उपसचिवमा तारा थापा, कोषाध्यक्षमा महादेव गुरुङ र सहकोषाध्यक्षमा जापान गुरुङ चुनिएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा मनोज सुनुवार, मेस पुन, विकास गुरुङ र साकिल गौचनलाई चयन गरिएको छ ।  

अधिवेशनले क्लबको प्रमुख सल्लाहकारमा शेरबहादुर सुनार र हित काजी गुरुङलाई मनोनित गरेको छ। त्यस्तै, संस्थापक अध्यक्ष चन्दन गुरुङ लगायत सल्लाहकार मनोनित भएका छन्।  

सन २०१६ मा स्थापित क्लबले हरेक वर्ष बेलायतव्यापी भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। त्यसबाहेक क्लबले विभिन्न समयमा नेपालमा समस्यामा परेका खेलाडीहरुलाई सहयोग पनि प्रदान गरेको छ ।  

क्लबका नवनिर्वाचित अध्यक्ष विकास विकले आगामी दिनमा बेलायतका नेपालीहरुमाझ भलिबल खेल र खेलाडीहरु समेतलाई प्रोत्साहन गर्नमा आफूहरु थप सक्रिय रहने अठोट व्यक्त गरेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू