शुक्रबार, जेठ ४, २०८१
12:16 | १७:०१

खस्कंदो बेलायती अर्थतन्त्र सुधार्ने जिम्मेवारी नयां अर्थमन्त्री हन्टको कांधमा

रासस/सिन्ह्वा अक्टोबर १४, २०२२

तस्विर एपी

लन्डन, २८ असोज -बेलायतका पूर्व विदेशमन्त्री जेरेमी हन्टलाई बेलायतको अर्थमन्त्रीका रूपमा नियुक्त गरिएको डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

५५ वर्षीय हन्टको नियुक्ति क्वासी क्वार्टेङको राजिनामापछि भएको हो । उनले आफ्नो मिनी बजेटका कारण बेलायती अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको आरोपपछि राजीनामा दिएका हुन् ।

“तपाईंले मलाई अर्थमन्त्रीबाट राजिनामा दिन भन्नुभएको छ । मैले यसलाई स्वीकार गरेको छु,” क्वार्टेङले प्रधानमन्त्री लिज ट्रसलाई सम्बोधन गर्दै ट्वीटरमा लेखेको राजीनामामा भनेका छन् ।

क्वार्टेङको ३८ दिनको कार्यकाल इतिहासमै सबैभन्दा कम समय जिम्मेवारी सम्हाल्ने बेलायती अर्थमन्त्रीको रूपमा रेकर्ड भएको छ ।

गत महिना उनले प्रस्तुत गरेको विवादास्पद ऋण–वित्त पोषित कर कटौती समावेश मिनी बजेटलाई बेलायतको आर्थिक समस्याका लागि दोषी ठहराउँदै उनलाई पदबाट हट्न दवाव दिइएपछि नको राजिनामा आएको हो ।

बेलायती मुद्रा (पाउण्ड) लाई अमेरिकी डलरको तुलनामा ३७ वर्षको सबैभन्दा कमजोर अवस्थामा पुरयाउन मिनी बजेटको भूमिका रहेको ठहर बेलायती अर्थतन्त्रका जानकारहरूले गरेका छन् ।

विश्लेषकहरूले बेलायतमा मूल्यमा सरकारी उधारो र विविध सेवाको दरहरूको लागतमा वृद्धि हुनुमा मिनी बजेटलाई दोषी ठहर गर्दै चर्को दबाबपछि क्वार्टेङले राजिनामा दिएका हुन् । उनले यसै महिनाको सुरुमा सबैभन्दा बढी कमाउनेहरुका लागि ४५ प्रतिशत आयकरको दर खारेज गर्ने योजनामा यू–टर्न (पुनः विचार) गरेका थिए ।

“मैले विगतका हप्ताहरूमा धेरै पटक भनिसकेको छु, यथास्थितिलाई पछ्याउनु कुनै विकल्प थिएन । लामो समयदेखि यो देश न्यून आर्थिक वृद्धिदर र उच्च करको चपेटामा परेको छ, यदि यो देश सफल हुने हो भने अझै पनि परिवर्तन हुनैपर्छ,’ उनले राजीनामामा भनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू