शुक्रबार, वैशाख २१, २०८१
23:14 | ०३:५९

बेलायती अर्थमन्त्रीबाट हटाइए क्वासी क्वार्टेन

नेपाली लिङ्क अक्टोबर १४, २०२२

क्वासी क्वार्टेन

लन्डन–बेलायत सरकारका अर्थमन्त्री क्वासी क्वार्टेन पदबाट हटाइएका छन्। 

नियुक्त भएको ४० दिन बित्न नपाउंदै प्रधानमन्त्री लिज ट्रसले क्वार्टेनलाई पदमुक्त गरेकी हुन् ।  

मन्त्री क्वार्टेनले केही साताअघि घोषणा गरेको मिनी बजेटले बेलायती अर्थतन्त्रमा ठूलो अस्थिरता ल्याएपछि उनी आलोचित बनेका थिए। अर्थमन्त्री  हटाएसंगै प्रधानमन्त्री लिज ट्रसले मिनी बजेटमा भएका कर कटौतीसहितका कयौं घोषणा खारेज गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ट्रसले शुक्रबार नै एक पत्रकार सम्मेलनमार्फत् भावी आर्थिक कार्यदिशाबारे सार्वजनिक गर्नेछन् ।  

सत्तारुढ कञ्जरभेटिभ पार्टीभित्रको एउटै गुटमा रहंदै आएका प्रधानमन्त्री ट्रस र पदमुक्त अर्थमन्त्री क्वार्टेन नजिकका मित्र पनि हुन् । ट्रसको राजनीतिक करियर यहाँसम्म आइपुग्न क्वार्टेनको साथ र सहकार्य पनि महत्वपूर्ण रहेको चर्चा हुने गरेको छ।

क्वार्टेनको बहिर्गमनसंगै बेलायत सरकारको नयाँ अर्थमन्त्रीमा प्रधानमन्त्रीनिकट उपप्रधानमन्त्री थेरेस कोफी, साइमन क्लार्कसहितका नाम सम्भावनाका रुपमा हेरिएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू