शुक्रबार, वैशाख २१, २०८१
01:00 | ०५:४५

देउसीभैलो र गायक राज सिग्देलको प्रस्तुतिसंगै चार्ल्टनमा दशैंतिहार मनाइंदै

नेपाली लिङ्क अक्टोबर १३, २०२२

लन्डन। साउथ इष्ट लन्डनको चार्ल्टन नेपाली समाजले दशैंतिहार शुभकामना साँझ आयोजना गर्ने भएको छ।

दशैं, तिहारसहितका सम्पूर्ण नेपाली पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गर्न यही आइतबार अक्टोबर १६ को साँझ उक्त कार्यक्रम गरिने भएको हो।

स्थानीय मेरिडियन स्पोर्टस क्लबमा विविध मनोरञ्जनात्मक कार्यक्रमसहित दशैंतिहार शुभकामना साँझ गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले जानकारी दिए।  

त्यस अवसरमा दशैंतिहारको शुभकामना आदानप्रदानका साथै चर्चित गजल गायक राज सिग्देलको सांगीतिक प्रस्तुति र स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने कंडेलले बताए। साथै, कार्यक्रमका सबै सहभागीहरुबीच सामूहिक देउसीभैलो खेलेर मनोरञ्जन गर्ने योजना पनि बनाइएको छ।

साँझ ६ बजेदेखि शुरु हुने कार्यक्रम राती ११ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको प्रवेश शुल्क १५ राखिएको छ। ११ वर्षसम्मका बालबालिकालाई १० पाउन्ड लाग्नेछ भने ५ वर्षमुनिकालाई निशुल्क छ।

कार्यक्रमका सहभागीहरुलाई नेपाली डिनर पनि व्यवस्था गरिनेछ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू