बिहीबार, वैशाख २०, २०८१
19:06 | २३:५१

नेपाल रन यूकेले ‘नर्थल्ट १० के’ गर्ने

नेपाली लिङ्क अक्टोबर १२, २०२२

लन्डन – नेपाल रन यूकेले “नर्थल्ट १० के” इभेन्ट गर्ने भएको छ। 

आगामी नोभेम्बर १३ तारिख ‘रिमेम्बरेन्स डे’ का दिन १० किलोमिटर रनको कार्यक्रम गर्न लागिएको हो ।

नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुन लागेको उक्त इभेन्टमार्फत गोर्खा वेल्फेयर ट्रस्टको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ।

समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ३५० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन नेपाल रन यूकेको वेबसाइटमार्फत फारम भर्न सकिने छ । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार पनि प्रदान गरिने छ ।

नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रममार्फत  नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र  नेपाल प्रवर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक सन्तोष राईले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू