शुक्रबार, वैशाख २१, २०८१
02:27 | ०७:१२

जीसीएससीमा उत्कृष्ट अंक ल्याउनेलाई ‘हाम्रो गुठी यूके’ को सम्मान

नेपाली लिङ्क अक्टोबर ११, २०२२

लन्डन । बेलायतका केही अभियन्ताद्वारा स्थापित ‘हाम्रो गुठी यूके’ ले आइतबार लण्डनस्थित हिमालयन क्लबमा दशैं भेटघाट कार्यक्रम गरेको छ।

प्रवासमा रहे पनि नेपाली कला, संस्कृति र परम्परा जगेर्ना र नयाँ पुस्तामाँझ यसलाई निरन्तरता दिने उद्देश्यले भेटघाट कार्यक्रम गरिएको हाम्रो गुठीका संयोजक सुमन कुँवरले जनाए ।

कार्यक्रममा नयाँ पुस्ताका किशोरकिशोरीलाई प्रोत्साहन एवं हौसला प्रदान गर्न हालै सार्वजनिक जीसीएससी परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल चार जनालाई प्रमाणपत्र तथा गिफ्ट भौचर प्रदान गरिएको थियो ।

यसपटकको जीसीएससी परीक्षामा उत्कृष्ट अंक ल्याउने सस्मिता थापा, युक्ति विमली, आर्यन बस्नेत र अभिनव थापालाई गुठीका तर्फबाट दिपक थापाले तीनसय पाउन्डको गिफ्ट भौचर र प्रशंसापत्र प्रदान गरे ।

प्रशंसाले आफूहरुलाई थप प्रोत्साहन मिलेको भन्दै विद्यार्थीले आभार व्यक्त गरेका थिए ।

आपतविपतको समयमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले सन् २०१९ मा स्थापित ‘हाम्रो गुठी’ ले नयाँ पुस्तालाई नेपाली भाषा, कला संस्कृति र परम्पराको जगेर्ना गर्न प्रोत्साहित गर्ने लक्ष्य लिएको छ ।

हाम्रो गुठीले नेपालमा पर्ने आपतविपतको समयमा सक्दो सहयोग गर्दै आएको छ । समूहले सिन्धुपाल्चोकका पहिरो पीडितलाई पनि आर्थिक सहयोग गरेको थियो । विपन्न वर्गका विद्यार्थीहरुको शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्ने लक्ष्य पनि हाम्रो गुठीको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू