शुक्रबार, वैशाख २१, २०८१
04:10 | ०८:५५

बेलायतको पहिचान पुरस्कारका लागि उत्कृष्ट ६ कृति छनोट

नेपाली लिङ्क अक्टोबर ११, २०२२

लन्डन। पहिचान पुरस्कार कोषले विसं. २०७८ को पहिचान पुरस्कारका लागि उत्कृष्ट ६ पुस्तक छनोट गरेको छ। 

पुरस्कारका लागि उत्कृष्ट छनोट गरिएका पुस्तकहरु महाभाराः बसन्त बस्नेत, चिबेचराः केशव सिलवाल, गुरुः कविता राई, सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोटः अर्जुनबाबु माबोहाङ र अमित थेवे, ताल्चाः दिलीप बान्तावा र दुङाल– मालिका केशरी छन्। 

यसभन्दा अगाडि  ७ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएका छन्। 

राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’ लाई संयुक्त रुपमा प्रदान गरिएको थियो। 

त्यसैगरी श्याम शाहको कथासंग्रह पथेर र अनन्त वाग्लेको उपन्यास ‘कदम’ लाई पनि संयुक्त रुपमा पहिचान पुरस्कार प्रदान गरिएको थियो। 

पुरस्कार राशी चार लाख दुई हजार दुई रुपैयाँ छ। प्रत्येक वर्ष पहिचान पुरस्कार घोषणा पौष महिना हुने कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू