शुक्रबार, वैशाख २१, २०८१
21:40 | ०२:२५

बेलायतको टेन के रनमा नेपाली सहभागिता उत्साहजनक

नेपाली लिङ्क अक्टोबर ९, २०२२

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले ९ अक्टोबर आइतबार १० के र २ के (फन रन) आयोजना गरेको छ ।

ब्ल्याक वाटर भ्याली रनर्सको सहकार्य र रसमुर बरो काउन्सिलको विशेष सहयोगमा ति दौड भएका हुन् ।

बिहान १० बजे शुरु भएको १० के रनका लागि ६३७ जनाले नाम दर्ता गराएका थिए । त्यसमा दौड्ने नेपाली भने करिब ७० जना थिए ।

टेन के रनमा नेपाली सन्देश राईले दोश्रो स्थान जित्न सफल भएका छन् । १० के रन सफल गर्नेलाई मेडल दिइएको थियो भने दर्ता गर्नेले टिसर्ट पाए । त्यसैगरि २ के फन रन गर्नेले पनि मेडल पाए । 

टेन के रन अल्डरसटको क्वीन्स एभिन्यूबाट शुरु भएर बेजिङस्टोक क्यानल, वेस्ली ट्रेल हुंदै अल्डरसट रग्बी स्टेडियममा आएर अन्त्य भएको थियो ।

बिहान १०:१५ बजे शुरु भएको २ के फन रनमा करिब एकसय जना सहभागी भए ।

दौडमा नेपाली समुदायका नेता र धावकहरुको उत्साहजनक उपस्थिति रहेको ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष मान गुरुङले जनाए ।

अध्यक्ष गुरुङले मार्सल, बिभी आर रनर, धावकलाई टिसर्ट प्रायोजन गर्ने पिपल मोर्गेज र मार्सलहरुलाई खाना प्रायोजन गर्ने शिव कल्चरल सेन्टरप्रति आभार व्यक्त गरे ।

वर्षेनी हुने दौडमा जीआरएनसीले विशेष भूमिका निर्वाह गर्ने गरेको छ । दौडका माध्यमबाट स्थानीय समुदायसंग अन्तरघुलन र मानिसहरुलाई स्वास्थ्य रहन प्रेरित गर्ने विश्वास अध्यक्ष मान गुरुङको छ ।

उक्त दौडमा जीआरएनसीका तर्फबाट उपाध्यक्ष उत्तरबहादुर गुरुङले संयोजन गरेका थिए भने सहसंयोजक तथा महासचिव डा. विशाल गुरुङ र सल्लाहकार मेघ गुरुङको पनि विशेष योगदान थियो ।

तस्विरहरुः एज्रा (शंकर) श्रेष्ठ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू