शुक्रबार, वैशाख २१, २०८१
20:10 | ००:५५

विपन्न बालबालिकालाई सहयोग जुटाउन पिटरबरोमा च्यारिटी कार्यक्रम हुँदै

चर्चित कलाकारले प्रस्तुति गर्ने

नेपाली लिङ्क अक्टोबर ७, २०२२

लन्डन- नेपालको दुर्गम भेगका विपन्न बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग गर्ने उद्धेश्यले बेलायतमा एक च्यारिटी कार्यक्रम हुने भएको छ।

बेलायतको पिटरबरोमा स्थानीय सामाजिक अभियन्ताहरुको पहलमा आउंदो सोमबार अक्टोबर १० तारिख ‘रमाइलो च्यारिटी साँझ’ हुने भएको हो।

कार्यक्रममा नेपालबाट आएका चर्चित गायक राज सिग्देल, हांस्य कलाकारद्वय राजु मास्टर र बल्छी ध्रुवेसँगै लोकदोहोरी गायक प्रकाश कटुवालले विशेष प्रस्तुति गर्ने भएका छन्।

पिटरबरोको ‘२०२०, वर्ल्ड बफेट’ मा साँझ ५ देखि कार्यक्रम शुरु हुनेछ। कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ भने सहभागी सबैलाई निशुल्क खाना समेत व्यवस्था मिलाइएको छ।

कार्यक्रममा सहभागीहरुलाई च्यारिटी कोषमा ईच्छाअनुसार योगदान गर्न आव्हान गरिएको छ। कार्यक्रममा भौतिक उपस्थित हुन नसक्नेहरुले पनि स्वेच्छापूर्वक सहयोग गर्न सक्नेछन्। अभियानमा यो लिंकमा क्लिक गरेर अनलाइन माध्यमबाट सहयोग गर्न पनि सकिनेछ।

सामाजिक सेवामा पिटरबरोको अर्को अभियानका रुपमा कार्यक्रमलाई सफल पार्न यतिबेला स्थानीय अभियन्ताहरु जुटेका छन् ।  

एनआरएनए आइसीसी सदस्य एवम् स्थानीय अगुवा अभियन्ता महेश अधिकारीले पिटरबरोवासी नेपालीहरु यसअघिदेखि नै सामाजिक कार्यहरुमा अग्रसर रहंदै आएको जनाए। 

दुर्गाम भेगका विपन्न परिवारका बालबालिकाको सहयोगार्थ हुन लागेको कार्यक्रममा बेलायतभरका नेपालीहरुको साथ, सहयोग अपेक्षा गरिएको उनले बताए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू