शुक्रबार, वैशाख २१, २०८१
23:06 | ०३:५१

लन्डनमा क्याट यूकेको दशैं कार्यक्रम, राज सिग्देलसंग झुम्मिए दर्शक

नेपाली लिङ्क अक्टोबर ६, २०२२

लन्डन । चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले २ अक्टोबर सांझ दशैं शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लन्डन हयारोस्थित ब्लु रुम स्पोर्टस् हलमा कार्यक्रम भएको हो ।

संस्थाले वर्षेनी गर्ने दशैं कार्यक्रम कोभिडका कारण दुई वर्ष स्थगनपछि अहिले भएको थियो ।

कार्यक्रममा बेलायत बस्ने चितवनेलीबाहेक अन्य विभिन्न समुदायका गरि करिब दुई सयको सहभागिता थियो । कार्यक्रममा हयारो, वार्टफोर्डका नेपालीको उल्लेख्य सहभागिता देखिन्थ्यो ।

कार्यक्रमका प्रमुख आकर्षण थिए नेपालका चर्चित गजल गायक राज सिग्देल । यसपटकको भ्रमणका क्रममा राजको पहिलो कार्यक्रम भएकाले पनि उक्त सांझ विशेष रह्यो । गायक राज सिग्देलले आफ्ना चर्चित दर्जन बढी गीत गाएर सहभागीलाई मन्त्रमुग्ध पारे । गायक सिग्देलको गायनमा मन्त्रमुग्ध दर्शकहरु मज्जाले नाचे पनि ।

सो अवसरमा सन्जिता देउजा, अजिता सिम्खडा, नारायण गाउंले लगायतले कविता वाचन गरेका थिए । विनु लामिछाने घिमिरेले आकर्षक नृत्य प्रस्तुत गरिन् ।

क्याट यूके अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले दशैं तिहार शुभकामना दिंदै च्यारिटी संस्था क्याट यूकेले गरिरहेका परोपकारी कार्यको प्रशंसा गरे । आचार्यले एनआरएनए समुदाय र जनहितका लागि कटिवद्ध क्याट यूकेजस्ता सामाजिक संस्थासंग सधैं सहकार्य गर्ने पनि बताए । अध्यक्ष पाण्डेले सहभागी सबैलाई धन्यवाद दिंदै दशैं शुभकामना दिए ।

उक्त कार्यक्रम संयोजन ट्रष्टी कृष्ण तिवारीले गरेका थिए । कार्यक्रममा महासचिव रमेश श्रेष्ठले स्वागत मन्तव्य दिए । सो अवसरमा गायक राज सिग्देललाई क्याट यूके अध्यक्ष पाण्डे र प्रमुख अतिथी आचार्यले सम्मान पनि गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू