शनिबार, मंसिर २४, २०७९
23:16 | ०५:०१

प्रवासी नेपाली मञ्च यूकेमा जिम्मेवारी बांडफांड

नेपाली लिङ्क अक्टोबर ४, २०२२

लण्डन । प्रवासी नेपाली मंच (ओएनअफ) यूकेको नवनिर्वाचित  कमिटीले विभिन्न जिम्मेवारी बांडफांड गरेको छ।  

अध्यक्ष तुंगभद्र भुषालको अध्यक्षतामा आइतबार लन्डन ह्यारोस्थित सारस रेष्टुरेन्टमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले क्षेत्रीय इन्जार्च र १० विभागहरुको जिम्मेवारी तोकेको छ।

बैठकले साइथ इष्ट इन्चार्जमा उपाध्यक्ष सुरेशजंग शाह, रेडिङ र वेल्स इन्चार्जमा उपाध्यक्ष कृष्ण भण्डारी र स्कटल्याण्ड इन्चार्जमा उपाध्यक्ष डा मुकुन्द बास्तोलाले जिम्मेवारी पाएका छन्। त्यस्तै, मिडल्याण्ड इन्चार्जमा उपसचिव गोविन्द सापकोटा, नर्थ वेस्ट इन्चार्जमा उपसचिव लिलामान सेरपुन्जा तथा  साउथ वेस्ट इन्चार्जमा उपसचिव कल्पना आङबुहाङलाई जिम्मेवारी दिइएको छ। 

अध्यक्ष भुसालका अनुसार बैठकले १० वटा विभाग समेत गठन गरि कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ जसअनुसार संगठन विभाग प्रमुखमा बालकृष्ण भुसाल, उपप्रमुख तारानाथ भण्डारी र सचिव सुशील खरेल छन्। 

अध्यक्ष तुंगभद्र भुसाल

त्यस्तै, प्रचार प्रकाशन तथा प्रविधि विभाग प्रमुखमा श्याम लुईटेल र सचिवमा निर्देशन त्रिपाठी छन् भने आर्थिक विभाग प्रमुखमा पुण्य रेग्मी र उप प्रमुख अर्जुन चापागाई छन्। संघसंस्था समन्वय तथा गोर्खा मामिला विभाग प्रमुखमा पशुपति पोखरेल, उपप्रमुख प्रेम गुरुङ र सचिव जयराम कंडेल तथा बुद्धिजीवि एवं वैचारिक अनुसन्धान विभाग प्रमुखमा लेखनाथ खरेल र उप प्रमुख गंगा क्षेत्री छन् ।

त्यस्तै, पर्यटन तथा लगानी प्रवर्द्धन विभाग प्रमुखमा तिलक भट्टराई र उप प्रमुखमा बसन्त नेपाल, युवा विद्यार्थी तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा केदार थपलिया र उप प्रमुखमा मुकुन्द खरेल, नेपाली नागरिकता तथा कानुनी परामर्श विभाग प्रमुखमा विदुर खत्री र उपप्रमुखमा दिवाकर पाण्डे र कला, संस्कृति विभाग प्रमुखमा प्रकाश कंडेल र उपप्रमुखमा रुपेश राउत छन् । त्यसैगरी, महिला बालबालिका तथा जेष्ठ नागरिक विभाग प्रमुखमा सुदेशा बजागाई, उपप्रमुखमा केशरी क्षेत्री र सचिवमा दुर्गा बानियाँ क्षेत्री चुनिएका छन्। 

बैठकले प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटिको काठमाडौंमा हुन लागेको अधिवेशनमा बेलायतबाट भाग लिन १५ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ।

बैठकले आगामी १७ अक्टोबरमा आयोजना गरिएको दशैं तिहार शुभकामना साँझलाई सफल पार्न एकजुट भएर लाग्ने  निर्णय गर्दै उपस्थितिका लागि नेपाली समुदायलाई आव्हान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू