मंगलबार, चैत ६, २०८०
03:24 | ०९:०९

नेपाल फर्कन लागेकी गायिका भूमिका शाहको विदाइ

नेपाली लिङ्क अक्टोबर १, २०२२

लण्डन । झन्डै ५ महिना अघि बेलायत आएकी चर्चित गायिका भूमिका शाह अक्टोबर ४ मा नेपाल फर्कने तयारीमा छन् ।  

उनलाई शुक्रबार अल्डरसटमा एक कार्यक्रम विदाइ गरिएको छ 

लोकगीत विधामा चर्चित गायिका शाहलाई बिजिबी इन्टरटेन्टमेन्टले विदाइ गरेको हो ।  

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, ग्रेटर स्मोर नेप्लीज कम्युनिटीका अध्यक्ष मान गुरुङ ,याक्थुङ माङेना चुम्लुङ यूके अध्यक्ष कल्पना आङ्बुहाङ, समाजसेवी एवम् एनआरएनए यूकेका प्रमुख संरक्षक शेर सुनार, शृजनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जी, मिडियाकर्मी आकाश सुनुवार लगायत थिए । 


बिजिबी इन्टरटेन्टमेन्टकी निर्देशिका रोमियन लिम्बुले गायिका शाहले बेलायत बसाइका क्रममा सहयोग गर्ने व्यक्ति, समुदाय र संघसंस्थाहरूलाई धन्यवाद दिन उनका लागि कार्यक्रम गरिएको बताइन् ।

बेलायत बसाइका क्रममा गायिका शाहले डेढ दर्जन बढी ठाउँमा साङ्गीतिक प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा शाहले बेलायतका सम्पूर्ण नेपाली समुदाय र संघसंस्थालाई धन्यवाद दिइन् ।

समाजसेवी गायिका शाहले यूकेमा छुट्टै पहिचान बनाएकी छन् । नर्दन आयरल्यान्ड नेपाली सामाजको निमन्त्रणामा सांगीतिक कार्यक्रमको सिलसिलामा 
दोश्रोपटक यूके आएकी गायिका भूमिका शाहले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताइन् ।

‘अहिले धेरै कलाकार यूके आउनु हुन्छ । विभिन्न कार्यक्रम गर्नु हुन्छ अनि पैसा कमाएर फर्किनु हुन्छ तर मेरो सोच हामीले केही सामाजिक रुपान्तरणमा पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने हो’, उनले बताइन् ।

गायिका शाहले विदाइका बेला यूकेमा रहेका दुई जेष्ठ नागरिक (आमाहरु) लाई दोसल्ला ओढाएर सम्मान गरि उनीहरुको आशीर्वाद लिएकी थिइन् ।

कार्यक्रम पत्रकार एवम् सामाजिक अभियन्ता विश्वासदीप तिगेलाले सञ्चालन गरेका थिए । कार्यक्रममा स्टार गायक एवम् पहिलो नेपाली तारा दिपक लिम्बुको पनि विशेष उपस्थिति थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू