बुधबार, वैशाख १२, २०८१
04:26 | ०९:११

रुसले दाबी गरेको युक्रेनी भूभाग बेलायतले नस्वीकार्ने

रासस-एएफपी सेप्टेम्बर ३०, २०२२

लन्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको आरोप लगाएकी छन् ।

रुसले युक्रेनी कब्जामा रहेका चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेका बेला ट्रसले सो कुरा बताएकी हुन् । 

ट्रसले रुसी नेताको ‘प्रतिनिधित्व भएको दाबी गर्ने युक्रेनी जनताको जीवनप्रति स्पष्ट बेवास्ता गरेको’ भन्दै आलोचना गरेकी छन् । 

‘बेलायतले ती मानिसहरुको सार्वभौम इच्छालाई कहिल्यै बेवास्ता गर्दैन र हामी डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रहरुलाई युक्रेनी क्षेत्र बाहेक अरू कुनै कुराको रूपमा स्वीकार गर्दैनौं,’ उनले अगाडि भनिन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू