बिहीबार, वैशाख १३, २०८१
10:41 | १५:२६

न्यू लक्ष्मी ज्वेलर्सको दशैंतिहार उपहार: हरेक खरिदमा १ तोला सुन जित्ने अवसर

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२२

ज्वेलर्स सञ्चालिका लक्ष्मी राई

लन्डन। बेलायतको अल्डरसटमा सन्चालित नेपाली गरगहना पसल ’न्यू लक्ष्मी ज्वेलर्स’ ले दशैंतिहारको अवसरमा आफ्ना ग्राहकका लागि विशेष ‘अफर’ ल्याएको छ।

हरेक ग्राहकलाई १ तोला सुन जित्ने अवसरसहित ’स्क्र्याच एन्ड वीन’ अफरसहित न्यू लक्ष्मी ज्वेलर्स ग्राहकमाझ आएको हो ।  

ज्वेलर्स सञ्चालिका लक्ष्मी राईका अनुसार हरेक खरिदका लागि ग्राहकले एक स्क्र्याच कार्ड प्राप्त गर्नेछन्।जुन कार्डमा एक तोला सुनसम्मको उपहार जित्ने अवसर ग्राहकलाई रहनेछ।  

साथमा, स्क्र्याच कार्डहरुमा अन्य गरगगहना र नगद पुरस्कारहरु पनि जित्न सकिनेछ।

दशैंतिहार ‘स्क्र्याच एन्ड वीन अफर’ आगामी नोभेम्बर ३० तारिखसम्म कायम रहनेछ। उक्त अवधिभित्र ज्वेलर्सबाट गरगहना खरिद गर्ने हरेक ग्राहकलाई एकएक वटा स्क्र्याच कार्ड प्रदान गरिनेछ। तर काँचो सुन किन्ने ग्राहकहरु भने यो अफरमा समावेश हुने छैनन्। 

बेलायतका नेपालीमाझ विश्वसनीय गहना पसलका रुपमा लोकप्रिय न्यू लक्ष्मी ज्वेलर्स बेलायतकै सबैभन्दा पुरानो नेपाली ज्वेलर्समध्ये पर्दछ।

ज्वेलर्समा सुन तथा चाँदीका सम्पूर्ण डिजाइनका मौलिक एवम् आधुनिक नेपाली गरगहना पाइन्छन्। ज्वेलर्सले आफ्ना ग्राहकहरुको लागि अर्डरअनुसारका डिजाइनहरु उपलब्ध गराएको छ। अशिकांश अर्डरहरु बेलायतमा आफ्नै कालिगढले तयार पार्छन् भने विशेष अर्डरहरु अन्य मुलुकबाट ल्याइने गरिन्छ।

सन् २०१३ मा स्थापित लक्ष्मी ज्वेलर्स गुणस्तर र विश्वसनीयताका कारण बेलायतका धेरै नेपालीको मन जित्न सफल छ। लक्ष्मी ज्वेलर्सले आफूलाई ‘विश्वास र गुणस्तरको अर्को नाम’ भन्ने गर्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू