शुक्रबार, वैशाख ७, २०८१
04:13 | ०८:५८

लेष्टरको नेपाली रेष्टुरेन्ट अवतारलाई ‘बेस्ट फाइन डाइनिङ करी अवार्ड’

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२२

लन्डन। बेलायतको लेष्टर शहरको मार्केट हर्बोरोस्थित नेपाली रेष्टुरेन्ट ‘अवतार डाइनिङ’ ले स्थानीय स्तरको प्रतिष्ठित करी अवार्ड जितेको छ।

यस वर्षको लेष्टर करी अवार्डमा ‘बेस्ट फाइन डाइनिङ रेष्टुरेन्ट’ अवार्ड अवतारले हात पार्न सफल भएको हो। 

सोमबार लेष्टरको एथेना हलमा सम्पन्न अवार्ड समारोहमा अवतार टीमले आफ्नो अवार्ड ग्रहण गरेको छ।  

विगत ७ वर्ष देखि पुकार ग्रुपले आयोजना गर्दै आएको लेष्टर करी अवार्डमा यो पटक पनि सो क्षेत्रका केही नेपालीसमेत सयौं इण्डियन रेष्टुरेन्टहरु सहभागी थिए। जसमध्ये ४० वटा रेष्टुरेन्ट मात्रै नोमिनेसन पर्न सफल भएका थिए। 

अवार्डअन्तर्गत ‘बेस्ट फाइन डाइनिङ’ क्याटेगोरिमा परेका ५ उत्कृष्ट रेष्टुरेन्टमध्ये अवतार डाइनिङले सर्वोत्कृष्ट घोषित भइ अवार्ड प्राप्त गरेको हो।

अवतार डाइनिङका सञ्चालक सुरेश केसीले सिंगो टीमको अथक मेहनत, ग्राहकहरुको साथ र सहयोगमा अवार्ड जित्न सफल भएको बताए। यस्ता अवार्डहरु पाउँदा भावी दिनमा अझै मेहनत गर्न हौसला मिल्ने अनुभव उनले सुनाए।  

बेलायतको लेष्टरशायर  क्षेत्रकै सर्वाधिक लोकप्रिय यो नेपाली रेष्टुरेन्टले गत महिना मात्रै बर्मिङहममा सम्पन्न प्रतिष्ठित इङ्लिस करी अवार्डमा पनि मिडल्याण्डकै ’बेस्ट फाइन डाइनिङ रेष्टुरेन्ट’ को अवार्ड प्राप्त गरेको थियो। 

यसैबीच, अवतार डाइनिङले अबको केही हप्तामै मिडल्यान्डको  लटरवर्थ भन्ने स्थानमा पनि अर्को शाखा सञ्चालन गर्न लागेको  अवतार लटरवर्थका डाइरेक्टर शिव पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू