शुक्रबार, वैशाख १४, २०८१
16:04 | २०:४९

ठकुरी समाज यूकेको दशैं तिहार शुभकामना

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२२

लन्डन । ठकुरी समाज यूकेले एक कार्यक्रम गरि दशैं तिहार शुभकामना आदानप्रदान गरेको छ ।

२४ सेप्टेम्बरका दिन अल्डरसटस्थित प्यालेस रेष्टुरेन्ट हलमा कार्यक्रम भएको हो ।

बडादशैंको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा सहभागीले एकापसमा शुभकामना सांटे ।

समाजका सचिव शोभितजंग मल्लले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, अतिथीहरु मगर संघ यूके उपाध्यक्ष लाल पुन, तमु प्हे लु संघ यूके सल्लाहकार पूर्णवीर गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, समाजका सल्लाहकारहरु किशोर चन्द, विष्णु सिंह लगायतले दशैं तिहार शुभकामना दिएका थिए ।

प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल

मन्तव्यका क्रममा प्रमुख अतिथी खनालले समाजले प्रवासमा समेत दशैं तिहार जस्ता सांस्कृतिक तथा परम्परागत चाडपर्व मनाएर नेपाली संस्कृति र परम्पराको उत्थान गरेको बताइन् । यस्ता कार्यक्रमले दोश्रो पुस्तामाझ मातृभूमिप्रति लगाव बढ्ने समेत उनको विश्वास थियो।

समाजका अध्यक्ष शान्त चन्दले आफ्नो संस्थाको गतिविधिबारे अवगत गराउंदै सहभागी सबैप्रति शुभकामना र धन्यवाद दिए।

अध्यक्ष शान्त चन्दको सभापतित्वमा भएको औपचारिक चरणपछि सांस्कृतिक कार्यक्रम समेत भएको थियो । दोश्रो चरणमा संगीता गैरे लगायत समाजका किशोर किशोरीले नाचगान प्रस्तुत गरेका थिए ।

तस्विरहरुः एज्रा (शंकर) श्रेष्ठ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू