बिहीबार, वैशाख १३, २०८१
15:25 | २०:१०

सृजनशील समाज बेलायतले भवन खरिद गर्ने, पहिलो चरणमै ५५ हजार प्रतिवद्धता

दिनेश कुमार सेप्टेम्बर २५, २०२२

लण्डन- सृजनशील नेपाली समाज यूकेले बेलायतमा आफ्नै भवन खरिद गर्ने भएको छ । शनिबार साँझ अल्डरशटको दि इम्पाएर हलमा आयोजित च्यारिटी कार्यक्रममा ५५ हजार पाउण्ड प्रतिवद्धता भएको छ ।

समाजका अध्यक्ष भक्त दर्जीले पहिलो चरणको कार्यक्रमबाट कबुल रकमले उत्साहित हुँदै आगामी एक वर्षमा भवन खरिद गर्ने बताए ।

समाजका संस्थापक एवं संरक्षक शेरबहादुर सुनारले समाज स्थापनाको १५ वर्षको अवधिमा गर्न लागिएको पूण्य काममा सहयोग गर्न सबैलाई अनुरोध गरे । 

तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ, मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष लाल पुन, तनहुँ समाज यूके पूर्वअध्यक्ष फडक गुरुङले यस शुभकार्यमा आफनो सहयोग हुने वचन दिए ।

हाल बेलायतमा रहेका ह्युम्यानिष्ट इन्टरनेशनल नेपालका महासचिव अर्जुन परियारले प्रवासमा समाज एकजुट भई नयाँ भवन खरिद गर्न लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए ।  


च्यारिटी कार्यक्रममा कलाकारहरु सुमन गौतम, शान्तारानी परियार, निर आलेमगर, मधुसुदन थापा, बिलन थापामगर र  जुना श्रीषले मनोरन्जन प्रदान गरेका थिए ।  

कार्यक्रममा पत्रकारहरु दिनेश कुमार परियार, बाचस्पति रेग्मी र मिलन तमु उपस्थिति थिए । 

कार्यक्रम संचालन विकास रनपैलीले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू