आइतबार, जेठ ६, २०८१
05:33 | १०:१८

१५ औँ रेडिङ कपको उपाधि सहारा यूकेलाई

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२२

लन्डन। बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुँदै आएको रेडिङ कप फुटबल प्रतियोगिता यस वर्ष सहारा यूकेले जितेको छ।

ग्रेटर रेडिङ नेप्लिज कम्युनिटीद्वारा शनिबार रेडिङको पाल्मर पार्कमा आयोजित रेडिङ कपको १५ औँ संस्करणमा सहारा टीम च्याम्पियन बनेको हो।

प्रतियोगिताको फाइनलमा मंगोलियन भाञ्जालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहाराले उपाधि चुम्यो।उपाधिसंगै सहाराले नगद १६ सय पाउन्ड प्राप्त गर्‍यो भने दोस्रो स्थान (फर्स्ट रनर अप) को मंगोलियन भाञ्जाले नगद ८ सय पुरस्कार पायो।

विजेता सहारा यूकेका गोलकिपर डेभिड टियास म्यान अफ द् म्याच बने। सहाराकै म्यानेजर रोशन राईले उत्कृष्ट म्यानेजरको सम्मान प्राप्त गरे।

प्रतियोगिताको भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब बिजेता बन्यो।ब्रिगेड ब्वाइजसँग फाइनलमा १- शून्यले पराजित लमजुङ समाजको टीम दोस्रो भयो।

कार्यक्रमकी प्रमुख अतिथि स्थानीय रेडिङ बरोकी मेयर काउन्सिलर रेचल एडनसहित आयोजक ग्रेटर रेडिङ नेप्लिज कम्युनिटीका पदाधिकारीहरुले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू