शनिबार, वैशाख ८, २०८१
08:21 | १३:०६

नेपाली बास्केटबल पदाधिकारी लन्डनमा

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२२


लन्डन । नेपाल बास्केटबल संघका पदाधिकारीहरु बेलायतमा नेपाली खेल प्रवर्धन र यसको थप सम्भावना पहिल्याउने उद्देश्यसहित यतिखेर बेलायत भ्रमणमा छन् ।

नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ, राष्ट्रिय संयोजक शरद विष्ट र कार्यकारी सदस्य मिलनध्वज कार्की यहां भेटघाटमा व्यस्त रहेका हुन् ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत (एनएनआइपीए) को निमन्त्रणामा लन्डन आएका ति पदाधिकारीले बेलायतस्थित विभिन्न बास्केटबल क्लव र नेपाली डायस्पोरासंग भेटघाट तय गरेका एनएनआइपीए अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जनाए ।

१० दिने भ्रमणका लागि २१ सेप्टेम्बरमा लन्डन आइपुगेका नेपाली बास्केटबल पदाधिकारीले होपस्टार्स (लन्डन स्कुल अफ बास्केटबल) पदाधिकारीसंग भेट गरि प्रशिक्षण सेसन समेत अवलोकनको कार्यक्रम छ ।

२९ सेप्टेम्बरमा फर्कनुअघि उनीहरु लन्डनस्थित नेपाली दूतावासमा भेटघाट, बेलायतमा पहिलोपटक भएको ए स्टार बास्केटबल लिगका विजेतालाई ट्रफी तथा मेडल वितरण र सम्मान तथा विदाइ समारोहमा सहभागी हुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू