बुधबार, वैशाख २६, २०८१
05:14 | ०९:५९

पीपल ग्रुप अब साउथ इष्ट लन्डनमा पनि, बेक्सलीमा छैठौँ शाखा शुभारम्भ

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२२

लन्डन। बेलायतका नेपालीहरुमाझ फाइनान्सियल सेवा प्रदान गर्दै आएको अग्रणी कम्पनी पीपल ग्रुपको ‘मोर्गेजेज’ तथा ‘स्टेट एजेन्टस्’ सेवा साउथ इष्ट लन्डनका नेपालीमाझ पनि पुगेको छ।

बेलायतमा नेपाली व्यवसायीबाट सञ्चालित कम्पनीको छैठौँ शाखा शुक्रबार बेक्सलीहिथ ब्रोडवेमा उद्घाटन गरिएको हो।  

स्थानीय नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा पीपल बेक्सलीहिथ शुभरम्भ भयो।

फार्नबरोमा मुख्य कार्यालय रहेको पीपलका बेलायतभर जम्मा ६ शाखा पुगेका छन्। सन् २०१६ मा फार्नबरोबाट शुरु भएको कम्पनी आसफोर्ड केन्ट, स्वीन्डन, हन्सलो लन्डन, टिडवर्थ हुँदै अहिले साउथ इष्टको बेक्सलीसम्म पुगेको छ।

पीपल ग्रुपका सञ्चालक तथा निर्देशक युवा व्यवसायी सूर्य प्रकाश गुरुङ हुन्। सन् २००६ मा अध्ययनका लागि बेलायत आएका उनले बेलायतमा छोटो समयमै हासिल गरेको व्यवसायिक सफलता चमत्कारिक छ। 

छैठौँ शाखा उद्घाटनपछि निर्देशक गुरुङले भने, ‘पीपल आज जुन ठाउँमा छ, जे जति सफलता हासिल गरेको छ, त्यसमा सबैभन्दा ठूलो हात यहाँको नेपाली समुदायको छ। यो सबै साथ, सहयोग र विश्वासका  लागि म सिंगो समुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ 

बेक्सलीहिथ शाखा बिस्तारसँगै साउथ इष्ट लन्डनवासी सेवाग्राहीलाई थप सहज र सरल ढंगले सेवा पुर्‍याउने उनको विश्वास छ। ‘हुन त आजकल धेरै काम अनलाइनमै पनि सम्भव छ।तर हाम्रो सेवा परामर्श, सल्लाह बांड्ने भएकाले सेवाग्राहीलाई प्रतक्ष्य भेट्न पाउँदा निकै प्रभावकारी हुने अनुभव हामीले बटुलेका छौं’- गुरुङले भने । 

पीपलको बेक्सली शाखा उद्घाटनका अवसरमा बेक्सली नेपाली समाजका अध्यक्ष आनन्द धरेल तथा पूर्व अध्यक्ष विजय गुरुङ, इन्जिनियर राजेश पाठक, व्यवसायी सुशील प्रजापति, चार्टर एकाउन्टेन्ट सचिन श्रेष्ठ, व्यवसायी सुरोज मास्के, नेपाली युथ एशोसिएसन अध्यक्ष लछुमन गुरुङ तथा उपाध्यक्ष डा सुदर्शन गुरुङ, सूर्य केसीलगायत समुदायका अगुवाहरुको उपस्थिति थियो। 

उनीहरुले नेपालीद्वारा सञ्चालित, स्थापित फाइनान्सियल सर्भिस कम्पनीलाई साउथ इष्टमा स्वागत गर्दै पीपलको सेवाबाट स्थानीय नेपालीहरु अब थप लाभान्वित बन्ने आशा व्यक्त गरेका थिए।

संक्षिप्त उद्घाटन कार्यक्रमलाई कम्पनीका निर्देशक सूर्यप्रकाश गुरुङले सम्बोधन गरेका थिए भने एशोसिएट निर्देशक मिलन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।  

पीपल ग्रुपले मोर्गेजेज र स्टेट एजेन्ट दुवैतर्फ सम्पूर्ण फाइनान्सियल सेवा उपलब्ध गराएको छ। मोर्गेज, होम इन्सुरेन्स, प्रोटेक्सन, विल्स, सेल्स, लेटिङ, प्रपर्टी मेनेजमेन्ट, कमर्सियल फाइनान्स, प्रपर्टी इन्भेस्टमेन्ट लगायत सेवा लिन सकिन्छ।

पीपल ग्रुपमा अहिले कुल ३८ जना कार्यरत छन्। जसमध्ये नेपालीको संख्या मात्रै ३२ छ।  

पीपल बेक्सलीहिथ शाखाको कमाण्ड मोर्गेज एन्ड प्रोटेक्सन एडभाइजर पल्लभी श्रेष्ठले सम्हालेकी छन्। उनीसँग प्रोपर्टी कन्सल्टेन्ट केभिन सेन, मोर्गेज एन्ड प्रोटेक्सन एडभाइजर प्रीति गुरुङ लिम्बूलगायतको टीम छ। 

त्यसो त कम्पनीका निर्देशक सूर्यप्रकाश गुरुङले समेत सुरुवाती समयमा आफ्नो धेरै समय बेक्सलीको नयाँ शाखालाई दिनेछन्। तर सेवाग्राहीको चाप र आवश्यकता हेरेर हप्तामा केही दिन कम्पनीका अन्य शाखाका एड्भाइजरहरु समेत ल्याउने योजना छ।

व्यवसायिक रुपमा हासिल सफलतासंगै पीपल ग्रुपले नियमित रुपमा विभिन्न परोपकारी कार्य समेत गर्दै आएको छ। कम्पनीले केही महिना अघिमात्रै मुगुका तीन सय बालबालिकाकालाई लत्ताकपडा, झोला, जुत्तासहितका सामग्री वितरण गरेको थियो। 

नेपालको दुर्गम भेगस्थित स्कुललाई सहयोग गर्ने उद्धेश्यले बेलायतमा च्यारिटी गरी पीपलले २४ हजार पाउन्ड संकलन गरेको थियो। जुन प्रोजेक्ट अहिले उपयुक्त स्कुल छनोट गरी सहयोग वितरण गरिने प्रक्रियामा छ।

तस्विरहरु- शिव भण्डारी 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू