आइतबार, जेठ ६, २०८१
08:47 | १३:३२

बेलायतमा आर्थिक संकटग्रस्त परिवारका लागि सरकारको अर्बौं पाउण्ड प्याकेज

रासस/एएफपी सेप्टेम्बर २३, २०२२

प्रधानमन्त्री लिज ट्रस । तस्बिर एपी

लन्डन, ७ असोज–बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ ।

नयाँ प्रधानमन्त्री लिज ट्रसले नियुक्त गरेका अर्थमन्त्री क्वासी क्वार्तेङले पहिलो छ महिनामा बढ्दो ऊर्जा बिलमा ६० अर्ब पाउन्ड (६८ अर्ब अमेरिकी डलर) खर्च हुने बताएकी छन् ।

“प्रधानमन्त्रीले बेलायतको सरकारले अहिलेसम्म गरेको सबैभन्दा महत्वपूर्ण हस्तक्षेपको घोषणा गर्न ठूलो गतिका साथ काम गर्नुभएको छ,” क्वार्तेङले संसद्मा भने ।

“मानिसहरूले यो जान्न आवश्यक छ कि सहयोग आउँदैछ,”उनले थपे ।

लाखौं बेलायतीहरूले जीवनयापनको लागतको संकट सामना गरिरहेका बेला एक विवादास्पद कदममा, क्वार्टेङले वित्तीय सेवा क्षेत्रलाई बलियो बनाउन ब्रेक्जिटपछि बैंकरहरूको बोनसमा ईयू–विरासतमा प्राप्त सीमालाई हटाएको छ ।

क्वार्तेङले सबैभन्दा कम आयकर दर घटाउने योजना अघि सार्दै सबैभन्दा बढी ४५ प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेका थिए ।

ट्रसका पूर्ववर्ती बोरिस जोन्सनले हस्ताक्षर गरेको कम्पनीको मुनाफामा करवृद्धिको योजनालाई पनि चान्सलरले उल्ट्याएका छन् ।

ऋषि सुनकले लागू गरेको राष्ट्रिय बीमामा १.२५ प्रतिशत बिन्दुले वृद्धि भएको रकमलाई उल्ट्याउँदै उनले बिहीबार तलबमा लगाइएको कर खारेज गर्ने घोषणा गरेका छन् । विपक्षी नेताहरूले बजेटले धनाढ्यहरूलाई बढावा दिएको भन्दै आलोचना गरेका छन् ।

“सन् २०१० यता कन्जरभेटिभ पार्टीबाट आर्थिक वृद्धिका लागि हामीबाट छ वटा योजना सारिएका थिए, ती सबै असफल भएका छन्,” प्रमुख विपक्षी लेबर पार्टीकी वित्त प्रवक्ता रचेल रिभ्सले भनिन् ।

“प्रधानमन्त्री र चान्सलर क्यासिनोमा दुई जना जुवाडेजस्तै छन्,” रिभ्सले भनिन् ।

अर्थशास्त्रीहरूले इन्धन र खाद्य पदार्थको मूल्यमा आएको वृद्धिले बेलायत पहिले नै मन्दीमा फसेको चेतावनी दिइरहेका बेला यो घोषणा आएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू