शुक्रबार, वैशाख १४, २०८१
06:53 | ११:३८

गोर्खा सैनिक बेलायती राजपरिवार तथा दरबारको सुरक्षामा छनोट

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२२

गोर्खा सैनिक । फाइल तस्बिर- एमओडी

लन्डन । बेलायती सेनामा सेवारत गोर्खाहरुले बेलायतको राजपरिवार तथा राजदरबारको सुरक्षासम्बन्धि जिम्मेवारी निर्वाह गर्न थप अवसर पाउने भएका छन्।

यही सेप्टेम्बर पहिलो साता गरिएको एक कठोर निरिक्षणबाट गोर्खाहरु शाही दरबारको सुरक्षामा खटिन योग्य ठहर भएको फोर्सेज डटनेटले जनाएको छ ।

महारानी एलिजावेथ द्वितीयको निधन हुनुपूर्व बकिङहम प्यालेसमा ‘९४ स्क्वाड्रोन, द क्वीन्स वन गोर्खा लजिस्टिक्स रेजिमेन्ट’ का सैनिकहरुको परिक्षण गरिएको थियो। उक्त परिक्षणमा गोर्खा सैनिकहरु शाही ड्युटीहरुमा खटिनका लागि योग्य सैनिकको रुपमा उत्तिर्ण भएका हुन्।

‘गोर्खा सैनिकहरुले प्रभावशाली र बहुआयामिक क्षमताहरु प्रदर्शन गर्दै आगामी दिनमा राजपरिवारका सदस्यहरुको लागि आवश्यक उच्च स्तरको सेवाका निम्ति आफूलाई प्रमाणित गरेका छन्’ समाचारमा उल्लेख छ ।

छनोटमा उत्तीर्ण हुने गोर्खा सैनिकहरुले बेलायती राजपरिवारको सेवामा खटिने अवसर पाउँदा पहिलेदेखिकै आफ्नो सपना साकार भएको प्रतिक्रिया दिएका छन्।

यसअघि पनि बेलायती महारानी र राजपरिवारको सुरक्षामा गोर्खा सैनिकहरुले अवसर पाउंदै आएका थिए।

गत सोमबार सम्पन्न स्वर्गीय महारानी एलिजावेथ द्वितीयको राजकीय अन्त्येष्टिमा पनि गोर्खाहरु अग्रपंक्तिमा खटिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू