आइतबार, जेठ ६, २०८१
11:54 | १६:३९

दिवंगत महारानीप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेको शोकसभा

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२२

लन्डन । एनआरएनए यूकेले आइतबार दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धान्जलि अर्पण गर्न एक शोकसभा गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमा शोक सभा गरिएको हो ।

शोकसभामा स्वतस्फूर्त सहभागी भएका सर्वसाधारण तथा एनआरएनए अभियन्ताहरुले माल्यार्पणसहित श्रद्धान्जलि अर्पण गरेका थिए ।

सो अवसरमा दुई मिनेट मौनधारण गर्नुअघि १२ वर्षीया बालिका साइना राईले पाइपर धुन बजाएकी थिइन् ।

शोकसभामा अध्यक्ष प्रेमगाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री, सल्लाहकार ओमप्रसाद थापा, स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङ लगायतले शोकमन्तव्य दिंदै स्वर्गीय रानीप्रति श्रद्धान्जलि अर्पण गरे ।

वक्ताहरुले नेपाल र ब्रिटिश गोर्खाहरुसंग निकट रहेकी महारानीको निधनले अपुरणीय क्षति पुगेको धारणा राखे ।

ब्रिटिश सैनिकको जागिरका सिलसिलामा राजपरिवारसंग आफ्नो निकट सम्बन्ध भएको चर्चा गर्दै अध्यक्ष गाहामगरले गोर्खाहरुले आफ्नो अभिभावक गुमाउंदा दुःख लागेको बताए ।

महारानी गोर्खा वेलफेयर ट्रष्टको हेड अफ द ट्रष्टी भएको र भूतपूर्व गोर्खाहरुका लागि धेरै कल्याणकारी कार्यमा सहयोग गरेको जनाउंदै गाहामगरले राजपरिवार ‘डाउन टु अर्थ’ भएको आफूले पाएको पनि बताए ।

एनआरएनए यूके प्रवक्ता भरतमणि चोङवाङले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

बेलायती महारानीको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदैछ ।

बेलायती इतिहासमा सबैभन्दा लामो ७० वर्ष बढी समय गद्दीमा रहेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको गत ८ सेप्टेम्बरमा ९६ वर्षको उमेरमा स्कटल्याण्डस्थित बाल्मोरल कासलमा निधन भएको थियो ।

तस्बिरहरु- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू