आइतबार, जेठ ६, २०८१
09:36 | १४:२१

बकिङहम प्यालेसअगाडि डायमन्ड बुद्धिष्ट सेन्टरको दीप प्रज्वलन, लामा गुरुद्वारा प्रार्थना

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२२

लन्डन—एक साता अघि निधन भएकी बेलायती महारानीप्रति श्रद्धाञ्जलीस्वरूप डायमन्ड बुद्धिष्ट सेन्टर ( डिबीसी) यूकेले बकिङहम प्यालेसबाहिर दीप प्रज्वलन गरेको छ।

स्वर्गीय महारानीको मृतआत्माको शान्तिको कामनासहित गत आइतबार प्यालेसअगाडि उभिएर दीप प्रज्वलन तथा ‘मोलम वाचन’ सहित विशेष प्रार्थना गरिएको छ।

सो अवसरमा डीबीसी यूकेका मूलगुरु खेन रिम्पोछे शिर लामा गुरुङ, डीबीसी यूकेका अध्यक्ष योगेश गुरुङसहित पदाधिकारी, सल्लाहकार एवम् सदस्यहरुले महारानीको तस्विरमा पुष्प्गुच्छा अर्पण गरेका थिए।

मूलगुरु खेन रिम्पोछे शिर लामा गुरुङले मोलम वाचन गरेका थिए भने मृत आत्माको शान्तिको कामना गर्दै शान्तीदीप प्रज्वलन गरिएको थियो।

करिब एक घण्टासम्म स्वर्गीय महारानीप्रति समर्पित बुद्ध मोलम वाचन गर्दा धेरै बेलायतीहरु समेतले चाखपूर्वक अवलोकन गरेको, कयौंले तस्बिर खिचेको र केहिले हात जोडेर संगै प्रार्थना गरेको अध्यक्ष गुरुङले जानकारी दिए । 

बकिङहम प्यालेस जानुअघि डिबीसी यूकेको लन्डन वुल्लीचस्थित बौद्ध गुम्बामा एक श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो।सो अवसरमा सल्लाहकार राम गुरुङको अगुवाइमा विशेष पूजा एवम् मौनधारण पनि गरिएको थियो।

डिबीसी यूके अध्यक्ष योगेश गुरुङले महारानीको निधनपछि बेलायतसंगै सिंगो विश्व शोकमा डुबेका बेला आफूहरु शोकमा ऐक्यबद्धता जनाउन बकिङहम प्यालेस पुगेको बताए।

प्यालेसकै ढोकामा पुगेर महारानीलाई समर्पित गरी लामा गुरुद्वारा मोलम वाचनसहित शान्ती दीप प्रज्वलन गर्न पाउँदा गौरव लागेको उनले सुनाए।

सो अवसरमा सेन्टरकी कोषाध्यक्ष रत्न गुरुङ, प्रमुख सल्लहाकार राम गुरुङ, संस्थापक उपाध्यक्ष मिना गुरुङ, संस्थापक कोषाध्यक्ष सुर्जा गुरुङ, पूजामण्डप सचिव पञ्चमान गुरुङ, गुम्बा मेनेजरहरु मान छन्त्याल र वीरबहादुर गुरुङ, सिनियर सल्लाहकार ओम गुरुङ, सल्लाहकारहरु धन माया गुरुङ र शिवराम गुरुङ (बिइएम) को उपस्थिति थियो ।  

त्यस्तै, भानु गुरुङ, मनमाया गुरुङ, धनज्योति गुरुङ, रुपसुवा गुरुङ, विमला गुरुङ, मिनाकुमारी गुरुङ, मिना गुरुङ, नन्दमाया गुरुङ, मीनकाशी गुरुङ, आइतराम गुरुङ लगायतका सदस्य पनि उपस्थित थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू