शुक्रबार, चैत १६, २०८०
13:44 | १९:२९

बकिङहम प्यालेस पुगेर महारानीको सम्मानमा गेसोले चढायो रिथ

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२२

लन्डन । गतसाता निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयप्रति गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले श्रद्धाञ्जली अर्पण गरेको छ।

शुक्रबार लन्डन बकिङहम प्यालेस पुगेर स्वर्गीय महारानीको सम्मानमा गेसोले ‘रिथ’ चढाएको छ।

गेसोका कार्यवाहक सभापति धर्म तामाङको नेतृत्वमा रिथ चढाइएको हो। सो अवसरमा दुई दर्जन बढीको संख्यामा गेसोका पदाधिकारी एवम् सदस्यहरु उपस्थित थिए।  

महारानी एलिजावेथले नेपाल र विशेष गरी बेलायती गोर्खाहरुलाई सधैं न्यानो स्नेह प्रदान गर्ने गरेको स्मरण गेसोका नेताहरुले गरेका छन्। 

गत सेप्टेम्बर ८ मा ९६ वर्षको उमेरमा निधन भएकी महारानीको आगामी सोमबार विशेष सम्मानसहित राजकीय अन्त्येष्टि गरिंदैछ। महारानीको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि वेस्टमिन्स्टर हलमा राखिएको छ ।

७० वर्षअघि राजगद्धीमा आएकी महारानी बेलायतको इतिहासमै सबैभन्दा बढी राज गरेकी महारानी हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू