शुक्रबार, वैशाख ७, २०८१
00:49 | ०५:३४

लण्डनको केन्द्रमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार   

रासस-सिन्ह्वा सेप्टेम्बर १६, २०२२

तस्विर बीबीसी

लण्डन –मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ । उक्त घटनालाई आतंकवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ ।

लण्डनको वेस्ट इन्डमा रहेको लेस्टर स्क्वायर नजिकै उक्त ब्यक्तिले प्रहरीमाथि चक्कु प्रहार गरेको थियो । छुरा प्रहारबाट घाइते भएका दुई अधिकारीको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

आक्रमणकारीलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो । आक्रमणकारीलाई आपतकालीन कामदारमाथि आक्रमण गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्न लाखौं मानिस आउने तयारी गरिरहेका बेला यो घटना भएको हो । सर्वसाधारणलाई सुरक्षित राख्न प्रहरी अधिकारीहरु आगामी केही दिन लण्डनभरि तैनाथ रहने बताइएको छ । लण्डनका मेयर सादिक खानले शुक्रबार एक वक्तव्य जारी गर्दै उक्त आक्रमण ‘अत्यन्तै डरलाग्दो’ र ‘लज्जास्पद’ भएको बताएका छन् ।

खानले भने, ‘यी साहसी अधिकारीहरूले हाम्रो देशको लागि यस महत्वपूर्ण समयमा आफ्नो कर्तव्य पूरा गरिरहेका थिए र जनतालाई सहयोग गरिरहेका थिए ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू