बुधबार, वैशाख १२, २०८१
09:21 | १४:०६

बेलायतकी महारानीको राजकीय सम्मानका साथ अन्त्येष्टि तयारी

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२२

तस्बिर एएफपी

लण्डन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न तयारीहरु भैरहेका छन्।

आउँदो सोमबार (सेप्टेम्बर १९) मध्य लण्डनस्थित वेस्टमिन्स्टर आबी गिर्जाघरमा समाधिस्थ गरिनु अघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीर चार दिन अन्तिम श्रद्धाञ्जलिका लागि वेस्टमिन्स्टर हलमा राखिने छ। 

उक्त समयमा सर्वसाधारण मानिसहरूले पंक्तिवद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्न पाउने छन् ।

यसअघि एडिन्बरास्थित सेन्ट जाइल्स् कथीड्रलमा महारानीको शव २४ घण्टा राखेपछि मंगलबार बेलुका लन्डनस्थित बकिङ्घम राजदरबारमा ल्याइएको थियो। 

स्वर्गीय महारानीप्रति श्रद्धा व्यक्त गर्न हजारौं मानिस लन्डन आउने क्रम जारी छ।

लाखौं मानिसले रानीको कफिन अवलोकन गर्ने भएकाले अतिरिक्त रेल सेवा पनि सन्चालन गरिएको छ । 

सुरक्षा व्यवस्था कडा पारिएको छ। वेष्ट मिनिस्टर सिटी काउन्सिलले सडक, पोल र भित्ता सरसफाइ शुरु गरेको छ ।

संसारभरिबाट राष्ट्र मण्डल मुलुकका राष्ट्राध्यक्षहरु, सरकार प्रमुखहरु तथा उच्च अधिकारीहरु स्वर्गीय महारानीप्रति सम्मान व्यक्त गर्न लन्डन आइपुग्ने अपेक्षा गरिएको छ। 

बीबीसीका अनुसार अमेरिकी रास्ट्रपति जो बाइडेन, अस्ट्रेलिया, क्यानाडा तथा न्यूजिल्यान्डका प्रधानमन्त्रीहरु अन्त्येष्टि समारोहमा सहभागी हुने निश्चित भएको छ।  

त्यस्तै बेल्जियम तथा स्पेनकाका राजा एवं रानीले पनि अन्त्येष्टि समारोहमा सहभागी हुने जनाएका बताइएको छ। वेष्ट मिनिस्टर आबीमा करिब दुई हजार दुई सय जना अट्छन् । 

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार ९६ वर्षमा निधन निधन भएपछि चार्ल्स तृतीय औपचारिक रुपमा बेलायतको नयाँ राजा घोषित भइसकेका छन्।  

चार्ल्सलाई शनिवार लन्डनको सेन्ट जेम्स दरबारमा एक्सेसन काउन्सिल सदस्यहरुमाझ् आधिकारिक रूपमा राजा घोषणा गरिएको हो ।

एलिजाबेथ द्वितीय बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहेकी राष्ट्राध्यक्ष हुन्।

महारानी बेलायत लगायत १४ वटा मुलुकको राष्ट्र प्रमुख रहेकी थिइन् । 

नेपालबाट दुईजनालाई आमन्त्रण 

अन्त्येस्टिमा सहभागी हुन नेपालबाट दुईजनालाई आमन्त्रण गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासकी उपनियोग प्रमुख रोशन खनालले नेपालबाट परराष्ट्र मन्त्री डा नारायण खड्काले अन्त्येष्टि समारोहमा भाग लिने जनाइन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गत मंगलबार बेलायती महारानीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग प्रमुख एवम् अन्तरराष्ट्रिय संघसंस्थाका लागि लन्डनको लांकाष्टर हाउसमा राखिएको शोक पुस्तिकामा नेपाली राजदूत आचार्यले हस्ताक्षर गरे।

त्यस अवसरमा राजदूत आचार्यले महारानीको निधनमा गहिरो दु:ख व्यक्त गर्दै उनको निस्वार्थ सेवा र समर्पणको उच्च मुल्यांकन गरेको दूतावासले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू