आइतबार, जेठ ६, २०८१
09:36 | १४:२१

राजदूत आचार्यले गरे शोकपुस्तिकामा हस्ताक्षर, महारानीको ‘नेपाल प्रेम’ स्मरण

नेपाली लिङ्क सेप्टेम्बर १३, २०२२

लन्डन- बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजावेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग प्रमुख एवम् अन्तरराष्ट्रिय संघसंस्थाका लागि लन्डनको लांकाष्टर हाउसमा राखिएको शोक पुस्तिकामा नेपाली राजदूत आचार्यले मंगलबार हस्ताक्षर गरे।

त्यस अवसरमा राजदूत आचार्यले महारानीको निधनमा गहिरो दु:ख व्यक्त गर्दै उनको निस्वार्थ सेवा र समर्पणको उच्च मुल्यांकन गरेको दूतावासले जनाएको छ ।  

महारानी एलिजावेथले विभिन्न दुई अवसरमा नेपाल भ्रमण गरेको तथा ब्रिटिश गोर्खा सम्बन्धको जगमा स्थापित बेलायत र नेपालबीचको ऐतिहासिक मैत्रीसम्बन्ध एवम् नेपाल, नेपाली जनता र नेपालको प्राकृतिक सुन्दरताको प्रशंसक रहेको स्मरण गर्दै राजदूत आचार्यले उनको प्रशंसा गरेका छन्।

राष्ट्रिय शोकको घडीमा उनले बेलायत र बेलायती जनतामा समवेदन पनि प्रकट गरेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू