सोमबार, वैशाख २४, २०८१
15:54 | २०:३९

एनआरएनए यूके को-अप सदस्यमा दुईजना मनोनित, दुई बर्खास्त

नेपाली लिङ्क अगस्ट २७, २०२२

सदस्यमा मनोनित समाजसेवी धन तामाङ (देव) र व्यवसायी मनिकला राई

लण्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले दुई जनालाई को-अप सदस्यमा मनोनित गरि दुई जनालाई बर्खास्त गरेका छन् । समाजसेवी धन तामाङ (देव) र व्यवसायी मनिकला राईलाई मनोनित गरिएको हो ।  

‘मेरो अध्यक्षतामा रहेको कार्यसमितिमा यहांहरुको प्रवेश ओझपूर्ण छ । संघले सामना गरिरहेको चुनौतिपूर्ण वर्तमान घडीमा तपाईंहरुको गहन भूमिका रहने अपेक्षा गर्दै बधाई र सफल कार्यकालको शुभकामना दिन चाहन्छु’- गाहामगरले भनेका छन् 

उता, अध्यक्ष गाहामगरले को-अप सदस्यहरु श्याम लुईंटेल र क्षमता ढकाललाई २६ अगष्ट शुक्रबारदेखि लागू हुने गरि वर्खास्त गरिएको जानकारी दिएका छन् । 

उनीहरुलाई संघको ११ औं वार्षिक साधारण सभा तथा संघसंस्था प्रतिनिधि सभाले दिएको ‘म्यान्डेट’ अनुसार वर्खास्त गरिएको विज्ञप्तिमा छ । 

अध्यक्ष गाहामगरले आफूलाई अप्ठेरोमा सहयोग गर्नु पर्नेमा उल्टो आफ्नै विरुद्ध मोर्चावन्दी, संस्थाको हित विपरित कार्य र अन्य विद्रोही सदस्यहरुको साथ लागेर निरन्तर अवान्छित क्रियाकलाप गरेको आरोप दुवै सदस्यमाथि लगाएका छन् ।

पत्रकार लुईंटेल गत वर्ष १६ अगष्ट, २०२१ मा बसेको कार्यसमितिको प्रथम बैठकबाट को–अप सदस्य मनोनित भएका थिए भने ढकाल ३ नोभेम्बर २०२१ मा बसेको कार्यसमिति बैठकबाट को-अप सदस्य मनोनित भएकी थिइन् । क्षमताको शपथ हुन बांकी नै थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू