मंगलबार, १० फ्रेब्रवरी, २०२६
05:48 | ११:३३

विश्व हिन्दू महासंघ बेलायतले साउथहल राम मन्दिरमा तीज कार्यक्रम गर्ने

नेपाली लिङ्क अगस्ट २६, २०२२

लन्डन । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा लन्डनको पूरानो साउथहालस्थित राम मन्दिरमा विश्व हिन्दू महासंघ बेलायत च्याप्टरले तीज विशेष कार्यक्रम गर्ने भएको छ।

यही अगस्ट ३० तारिख मंगलबार तीजको दिन पारेर साउथहल राममन्दिरमा पूजाआजा र नाचगानसहित तीज कार्यक्रम गर्न लागिएको पण्डित गोविन्द नेपालले जानकारी दिए ।

विगतमा निरन्तर रुपमा तीज विशेष कार्यक्रम गरिंदै आएपनि कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष कार्यक्रम गरिएको थिएन ।

नेपाली नारीहरुको महान पर्वको रुपमा रहेको हरितालिका तीज एवं धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।

मध्यान्ह १२ देखि दिउँसो ४ बजेसम्म चल्ने कार्यक्रमको सुरुमा व्रतालु महिलाहरुलाई पण्डित नेपालले सामूहिक तीज विशेष पूजा गराउनेछन्। उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्रतालु महिलाहरुलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू