शनिबार, वैशाख ८, २०८१
00:57 | ०५:४२

लण्डनबाट ‘चट्ट कपाल कोरेर’

नेपाली लिङ्क अगस्ट २६, २०२२


लण्डन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा लण्डनबाट एक रोमान्चक म्यूजिक भिडियो रिलिज भएको छ ।

गायिका अस्मिता अधिकारीको नयाँ तीज गीत ‘यो बेलामा देशमा होला तीजको चटारो, हाम्लाई भने विदेशमा कामकै हतारो, चट्ट कपाल कोरेर साडी बेरेर, आउ नाचौं सङ्गी हो धोको फेरेर’ मा म्यूजिक भिडियो बनेको हो । 

मैथाने इन्टरटेन्मेन्ट र माधव अधिकारीले निर्माण गरेको उक्त भिडियो छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

नृत्य निर्देशन दीपक थापा मैथाने मगरले गरेका छन् । रचना डिपी खनाल र संगीत विकाश चौधरीको छ ।  

लण्डनमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा कलाकारहरू आस्था जोशी, दिपिका श्रेष्ठ, अमृता गिरी गजुरेल, अस्ति कँडेल, रिमा कँडेल, अमिका महत, मञ्जु शाह, अजिता थापा, दुर्गा अधिकारी, सन्तोष राई, समिर लामा, प्रसुना कँडेल, सरस्वती शाह, गीता बस्नेत पाण्डेको अभिनय छ ।  

गत सोमबार लण्डनमा आयोजित म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा कलाकार र सहयोगीलाई सम्मान गरिएको थियो ।



म्यूजिक भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू