सोमबार, वैशाख २४, २०८१
19:09 | २३:५४

‘अल्टिमेटम’ अस्वीकार्दै एनआरएनए यूके अध्यक्ष गाहामगरले पठाए जवाफ

‘नक्कली’ हस्ताक्षरसहित आर्थिक अनिमियतता ढाकछोप गर्न पत्र लेखिएको दावी

नेपाली लिङ्क अगस्ट २६, २०२२

लण्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले ‘नक्कली’ हस्ताक्षरसहित आर्थिक अनिमियतता ढाकछोप गर्न आफूलाई पत्र लेखिएको जनाउंदै ‘अल्टिमेटम’ अस्वीकार गरिदिएका छन्   

कार्यसमितिका २३ पदाधिकारीले बिहीबार एक संयुक्त पत्र लेखी अध्यक्ष गाहामगर संस्थाको गरिमा, पद्दति र विधानविपरित अघि बढेकाले उनको नेतृत्वमाथि आफूहरुको विश्वास बाँकी नरहेको जनाउंदै सच्चिन ‘अल्टिमेटम’ दिएका थिए ।  

एनआरएनए यूके महासचिव नम्रता घले गुरुङमार्फत बिहीबार नै सचिव बिष्णु चालिसेलाई जवाफ पठाउंदै भनिएको छ, ‘संस्थाको ठूलो धन राशी हराएको वखत यहांले सहयोग गर्नुपर्नेमा उल्टै सो गलत कार्य ढाकछोप गर्न विज्ञप्ति जारी गरि समाजलाई भ्रम सिर्जना गर्ने कार्य अवैधानिक भएको जानकारी गराउंदछु । तपाईंको पत्रलाई समेत छानविन समितिमा पठाइएको छ ।’

जवाफमा अगाडि भनिएको छ, ‘यहाँलाई विदितै छ गत ६ अगष्ट २०२२ का दिन सम्पन्न ११ औ साधारणसभा तथा सधसंस्था प्रतिनिधि सभाले एनआरएनए यूके ( Charity No 1196013) को अवैधानिक रुपबाट हराएको ठूलो रकमलाई अत्यन्तै गम्भिरता पूर्वक लिई साधारण सभाको बुंदा नं. ३ को म्याण्डेट अनुसार छानविन समिति गठन भई सो समितिले विधिवत छानविन प्रकृया अघि बढाइसकेको जगजाहेरै छ । सो समितिले छानविन प्रकृयालाई असर गर्ने कुनैपनि गतिविधि नगर्न र नगराउन भनी गत १७ अगष्ट २०२२ का दिन पत्र लेखिसकेको ब्यहोरा तपाईं लगायत सबैलाई अवगत भइसकेको अवस्थामा यसरी अवैधानिक तबरले विज्ञप्ति लेख्नुभएको कुरालाई छानविन समितिमा पठाइसकिएको छ । यति ठूलो संस्थाको राशी हराएको बखत यहाँले सहयोग गर्नुपर्नेमा उल्टै सो गलत कार्यलाई ढाकछोप गर्नको निमित्त विज्ञप्ति जारी गरि समाजलाई भ्रम सिर्जना गर्ने कार्य अवैधानिक भएको जानकारी गराउंदछु र तपाईंको पत्रलाई समेत छानविन समितिमा छानविनका निमित्त पठाइएको छ ।’

पत्रमा समाविष्ट नामावलीमध्ये अधिकांश पदाधिकारी तथा सदस्यहरुले आफूले हस्ताक्षर नगरेको, सहमति नजनाएको तर आफ्नो नक्कली हस्ताक्षरसहित नाम राखिएको भनी गुनासो आएको अवगत गराउंदै जवाफमा अवान्छित रुपबाट पदको लोभ देखाई भ्रमको खेती गरिरहेको भनी प्रमाणसहित गुनासो समेत आएको दावी गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू