मंगलबार, वैशाख २५, २०८१
02:36 | ०७:२१

एनआरएनए यूके अध्यक्ष गाहालाई बहुमत कार्यसमितिको अल्टिमेटम-नटेरे पदमुक्त गर्ने चेतावनी

नेपाली लिङ्क अगस्ट २५, २०२२

लन्डन- एनआरएनए यूके कार्यसमितिका बहुमत पदाधिकारी एवम् सदस्यहरुले अध्यक्ष प्रेम गाहामगरको कार्यशैलीप्रति आपत्ति प्रकट गर्दै सच्चिन ‘अल्टिमेटम’ दिएका छन्।

कार्यसमितिका २३ पदाधिकारीले बिहीबार एक संयुक्त पत्र लेख्दै अध्यक्ष गाहामगर संस्थाको गरिमा, पद्दति र विधानविपरित अघि बढेकोले उनको नेतृत्वमाथि आफूहरुको विश्वास बाँकी नरहेको जनाएका छन् ।  

पत्रमा अध्यक्षलाई ७२ घण्टाभित्र आइन्दा गल्ती नगर्ने र उनको कारण संस्थालाई पुगेको क्षतिको आफै क्षतिपूर्ति गर्ने प्रतिबद्धता गर्न ‘अल्टिमेटम’ दिइएको छ।

तोकिएको समयमा अध्यक्ष गाहाले सोहीअनुसार प्रतिवद्धता नगरे कार्यसमितिको बहुमतको निर्णयका आधारमा उनी अध्यक्ष पदबाट स्वत: पदमुक्त हुने चेतावनी दिइएको छ।

पत्रको बेवास्ता गरे अध्यक्षलाई कारबाहीका लागि एनआरएनए आइसीसीमा पत्र लेखिने पनि उल्लेख गरिएको छ। 

पत्रमा पदाधिकारीहरुले अध्यक्ष गाहामाथि कार्यसमितिको निर्णय अपमान गरेको, हिंसा फैलाउने अभिव्यक्ति दिएकोदेखि संस्थाको कोष दुरुपयोग गरेकोसम्म आरोप लगाएका छन्।

अध्यक्षलाई पठाइएको अल्टिमेटम पत्रमा हस्ताक्षर गर्नेमा एक नम्बरमा विगतमा गाहामगरकै सबैभन्दा नजिकका विश्वासपात्र ठानिएका उपाध्यक्ष नारायण कंडेल छन्। त्यस्तै, हस्ताक्षर गर्ने अन्य पदाधिकारीमा उपाध्यक्षहरु सुनिलबाबु खड्का, गोविन्द खरेल, सकुन गुरुङ, रामचन्द्र पोख्रेल र मोहन कार्की, महासचिव खुशी लिम्बू, सचिव विष्णु  चालिसे, कोषाध्यक्ष विष्णु खरेललगायत छन्।

वेल्स राज्य परिषद अध्यक्ष कृष्ण भन्डारी, स्कटल्याण्ड परिषद अध्यक्ष काशिराम भन्डारी र नर्दन आयरल्यान्ड परिषद अध्यक्ष बलबहादुर थापाले पनि पत्रमा हस्ताक्षर गरेका छन्।

अध्यक्ष गाहालाई पठाइएको अल्टिमेटम पत्र: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू