सोमबार, वैशाख २४, २०८१
17:28 | २२:१३

गोर्खा वार्ता १३ बुंदेकै जगमा हुनुपर्ने गेसोको अडान, अन्यथा मान्य नहुने चेतावनी

गेसो पदाधिकारी र अर्थमन्त्रीबीच छलफल

नेपाली लिङ्क अगस्ट २३, २०२२

लन्डन। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आसन्न बेलायत-नेपाल गोर्खा वार्ता विगतका सहमतिकै जगमा हुनुपर्ने माग गरेको छ।

मंगलबार एक वक्तव्य जारी गर्दै गेसोले प्राविधिक समितिको १३ बुंदे सिफारिशलाई टेकेर मात्र वार्ता हुनुपर्ने अडान व्यक्त गरेको छ। अन्यथा वार्ता मान्य नहुने चेतावनीसमेत गेसोले दिएको छ।  

वार्ताको ‘टिओआर’ निर्माणका लागि सोमबार बसेको बैठक निष्कर्षमा पुग्न नसकेकोमा गेसोले दु:ख प्रकट गरेको छ ।  

अर्थमन्त्रीसँग छलफल 

यसैबीच, गेसोले आसन्न नेपाल- बेलायत वार्ताबारे नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेको छ।

मंगलबार अध्यक्ष कृष्णकुमार राईको नेतृत्वमा सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर गेसो प्रतिनिधिमन्डलले गोर्खा वार्ताको प्रगतिबारे अर्थमन्त्रीलाई जानकारी गराएको हो। गेसोको टोलीले वार्तालाई सक्दो चाँडो निष्कर्षमा पुर्‍याउन नेपाल सरकारका तर्फबाट आवश्यक पहलका लागि मन्त्री शर्मामार्फत् आग्रह गरेको छ।

गेसो प्रतिनिधिसँगको छलफलमा मन्त्री शर्माले बेलायतसँग हुन लागेको ऐतिहासिक वार्ता पूर्व गोर्खा र नेपालका पक्षमा बनाउन नेपाल सरकारले सक्दो कोशिश गर्ने प्रतिवद्धता जनाए।

वार्ता प्रक्रियाको प्रगतिबारे सम्बन्धित मन्त्रालय र सरोकारवाला पक्षहरुसँग बुझेर जानकारी गराउने आश्वासन शर्माले दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू