शुक्रबार, चैत १६, २०८०
00:06 | ०५:५१

गायक जेम्स प्रधानको तीज गीत लन्डनमा लोकार्पण

नेपाली लिङ्क अगस्ट २२, २०२२

लन्डन – गायक जेम्स प्रधानको तीज गीत लन्डनमा एक कार्यक्रमबीच लोकार्पण गरिएको

पछिल्लो समय बजारमा आउने तीज गीतको तुलनामा घरमा एक्लै छुबोलको यो गीत बिल्कुलै फरक

नेपालबाट बेलायत आएका पत्रकारहरु हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश बन्जाडे (ग्यालेक्सी टिभी), दिवाकर ज्ञवाली (मेघा टिभी ), सन्तोषकुमार देवकोटा (नेपाली पात्रो), स्वरुप आचार्य (इकान्तिपुर) लगायतको सम्मानमा आयोजना गरिएको नेपाली ब्ल्याक टाई डिनरमा सो गीत लोकार्पण गरिएको हो । 

तीजलाई लक्षित गरि काठमाण्डौंमा तयार गरिएको म्यूजिक भिडियो गायक योगेश्वर अमात्य, सुवास गुरुङ, जेम्स प्रधानलगायत पत्रकारहरुको संयुक्त टोलीले लोकार्पण गरे 

छोरीचेलीलाई होइन, पुरुषलाई सम्बोधन गरिएको यस तीज गीतको म्यूजिक भिडियोमा कुनै तडकभडक देख्न पाइन्न  

जेम्स प्रधानको शब्द संगीत रहेको गीतमा वर्षा थापा मगर, डोल्मा लामा, सोनाल बुढाथोकी र अपिया तामाङले अभिनय गरेका छन्  ।

आइतबार सांझ लन्डन हिथ्रो एअरपोर्ट नजिक एक होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायतका प्रतिष्ठित व्यक्ति, संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय पत्रकारहरुको उपस्थिति थियो

म्यूजिक भिडियो हेर्नुहोस्:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू