आइतबार, जेठ ६, २०८१
10:13 | १४:५८

लन्डन उत्रिए अभिनेता निखिल उप्रेती

नेपाली लिङ्क अगस्ट २१, २०२२

लन्डन- अभिनेता निखिल उप्रेती लन्डन उत्रिएका छन्। बेलायतका विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउन उनी आइतबार बिहान लन्डन आएका हुन्।

आइतबार लन्डन हिथ्रो विमानस्थल उत्रिएका उप्रेतीलाई एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले स्वागत गरे।  

उप्रेती अगष्ट २२ सोमबार बेलायतको मिडल्यान्डमा आयोजना हुन गइरहेको नेपाली मेलामा विशेष अतिथिको रुपमा सहभागी हुनेछन्।

एक जमानामा नेपाली चलचित्र क्षेत्रमा ख्याति कमाएका उप्रेतीलाई उत्कृष्ट एक्सन अभिनेता एवम् स्टन्टकर्ताको रुपमा लिइन्थ्यो । ‘पिंजडा’ नामक चलचित्रबाट फिल्मी क्षेत्रमा प्रवेश गरेका उप्रेतिले करिब तीनसय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। ‘डेब्यू’ फिल्ममै अहिलेको जस्तो कुनै सुरक्षाको माध्यमबिना नै सात तल्ले भवनबाट जम्प गरेपछि उनी नेपाली चलचित्र जगतमा चर्चित बनेका थिए ।

उनले भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता अमिताभ बच्चनको चलचित्र निर्माण कम्पनी एबीसीएलको लागि केही चलचित्रमा काम गरिसकेका छन् ।

तर, पछिल्लो समय उनी फिल्मभन्दा पनि अत्याध्मतर्फ बढी ढल्केका  छन्। उनलाई प्रवचकको रुपमा चिन्नेको जमात पनि ठूलो छ।

बेलायतका नेपालीमाझ पनि उप्रेतीले आध्यात्मिक प्रवचन दिने बुझिएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू